साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं – अवैध रुपमा भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे ।
उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा ५ किलो सुन फेला पर्यो ।
प्रहरीले शंकर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवैध सुन बरामद गर्यो । प्रहरीले अवैध सुन कारोबार नियन्त्रणका लागि सक्रियता बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल सुन अवैध कारोवारमा संलग्न व्यक्तिमार्फत सूचना लिएर अन्यलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको बताउँछन् ।
चालू आवको ११ महिनामा सुनको अवैध कारोवारमा संलग्न १ सय ७ जनालाई पक्राउ गरिएको छ ।
अघिल्लो आवमा ९० जना पक्राउ परेका थिए । सुनको अवैध कारोबार बढ्दै गएको छ । चालू आवमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो सुन बरामद गरिएको पोखरेलले बताए । सो क्रममा २३ करोड ५५ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मात्र १२ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अपराध र अपराधीप्रति कानूनी कठोरताको नीति लिएकाले घटनामा कमी आएको हो । प्रहरीले अवैध सुन कारोबार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोवारमा पनि नयाँ नयाँ शैली अपनाउने गरेका छन् । प्रहरीले सक्रियता बढाउनाका साथै सूचना सञ्जाल विस्तार गरेकाले अपराध घट्दै जाने पोखरेलको भनाइ छ ।
नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भन्सारसँग समन्वय गरी विशेष निगरानीका साथ सुनको अवैध कारोवार गर्नेलाई पक्राउ गरिँदै आएको बताए ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...