×

NMB BANK
NIC ASIA

मुख्य समाचार

लोकसेवाको विवाद बुधबारका लागि सर्‍यो, ५ वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं–आर्थिक वर्षको अन्तिम महिना शुरू भएसँगै बजेट खर्च गर्ने चटारो बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्षको शुरूदेखि नै बजेट खर्चको अवस्था बढाउने गरी १५ जेठमा नै बजेट ल्याउने प्रचलन शुरू गरिएपनि खर्चको अनुपात भने आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै बढी हुने गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय औसतमा दैनिक साढे ३ अर्ब रुपैयाँ भन्दा बढी बजेट निकासा हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।


Advertisment
Nabil box
Kumari

महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्लो एक हप्तामै २४ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । गत आइतबारदेखि शनिबारसम्मको खर्चको उक्त तथ्याङ्कले दैनिक ३ अर्ब ५० करोड ३० लाख १४ हजार रुपैयाँ निकासा भइरहेको देखाउँछ ।

Vianet communication
Laxmi Bank

सो एक हप्ताको अवधिमा पूँजीगततर्फ ४ करोड ४५ लाख ६७  हजार रुपैयाँ निकासा भएको छ । गत आइतवारसम्म १ खर्ब ५२ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ खर्च भएकोमा शनिवारसम्म १ अर्ब ५६ अर्ब ८१ करोड १० लाख रुपैयाँ निकास भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । त्यस्तै गत आइतवार चालूतर्फको खर्च ६ खर्ब १० अर्ब ६ करोड २४ लाख रुपैयाँ खर्च भएकोमा शनिवारसम्म ६ खर्ब २७ अर्ब ९ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ शनिवारसम्म कुल ६९ अर्ब ६६  करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च गत आइतवार ६६ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

महालेखा परीक्षक कार्यालयले आर्थिक वर्षको अन्तिममा हुने खर्चले कामको प्रकृति दिगो नहुने भन्दै त्यस्तो खर्च रोकिनु पर्ने औंल्याउँदै आएको छ । महालेखा परीक्षकको ५६ प्रतिवेदनले पनि आर्थिक वर्षको अन्तिममा हुने तीव्र बजेट खर्चले कामको प्रकृति दीर्घकालीन रूपमा टिकाउ नहुने भन्दै त्यसरी जथाभावी गरिने खर्चमा कमी ल्याउनु पर्ने औंल्याएको छ ।

तर अर्थ मन्त्रालयले भने आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्चको गति बढ्ने बताउँदै आएको छ । मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा हुने खर्चलाई नराम्रो भन्न नमिल्ने र खर्च अन्तिममा नै हुने दाबी गर्दै आएको छ ।

मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री विकास निर्माणका कामका लागि आर्थिक वर्षको शुरूमा कानुनी प्रक्रिया हुने भएकाले खर्च नहुने र कानूनी प्रक्रिया पश्चात काम भएपछि नै भुक्तानी हुने भएकाले त्यस्तो खर्चलाई अन्यथा लिन नहुने बताउँछन् ।

‘शुरूमा कानुनी प्रक्रिया, डोकुमेन्टेसनका कामहरू हुन्छन्,’ खत्रीले भने, ‘डोकुमेन्टेसनका सबै प्रक्रिया पूरा गरेर काम भएपछि खर्च यहाँसम्म आइपुग्छ । यसलाई अन्यथा रुपमा लिन हुन्न ।’

चालु आर्थिक वर्ष २०७५र०७६मा कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ रहेको थियो । त्यसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
लोकसेवा आयोग विवाद

सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ शुरु गरिएको छ ।

    न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमासुनुवाइ शुरु गरिएको हो । बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि तय भएको छ । 

    यसअघि न्यायाधीशद्वय कार्की र डा खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा सर्वोच्चमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।

    आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।

साझाका थप २० बस आउँदै

    साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।  

    यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । 
 उनका अनुसार यी बसका मार्ग अनुमति (रुट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उनले बताए । 

    घूस लिएको आरोपमा पक्राउ 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।

    वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो । 

सामूहिक बलात्कारको आरोपमा पक्राउ

    एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

    शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । 

न्याय माग्दै प्रदर्शन

    काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि न्यायको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन् । अस्पतालमा सरसफाइको काम गर्ने कर्मचारी बिमला तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले महानगरीय प्रहरी वृत्त गौशला अगाडि प्रदर्शन गरेका हुन् । 

    रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरूलाई सोधपुछका लागि हिरातमा लिएको थियो ।

    सोही विषयमा अनुसन्धानका लागि भन्दै सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रदर्शनकारी र अस्पताल प्रशासनबीच वार्ता गराउने पहल भइरहेको गौशाला प्रहरीले जानकारी दिएको छ । 

राप्रपा महाधिवेशन आगामी जेठमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरी देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प बैठकले गरेको छ ।  

    सरकारले संसद्मा पेश गरेको गुठी विधेयक फिर्ता लिएको घटनालाई बैठकले स्वागत गर्दै विधेयक पूर्णरूपमा खारेज गरी धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकार  पक्षसँग घनीभूत छलफल र संवाद गर्न बैठकले सरकारसँंग माग गरेको छ । 

    शनिबारदेखि शुरु भई आइतबार सम्पन्न भएको उक्त बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका अध्यक्ष, भ्रातृ सङ्गठनका अध्यक्ष र ७७ वटै जिल्लाका जिल्ला अध्यक्षको सहभागिता थियो ।
 

नाकामा रोकिए ट्रक

नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका बाँकेको जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएका नेपालगञ्जका व्यवसायीहरूले बताएका छन् । 

    भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएका नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए । 

    उनले भने, “विषादी परीक्षण नगरेका ट्रकहरूलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।” उनले विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर नेपालगञ्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ कार्यालय बाँकेमा पठाइएको जानकारी दिए । 

५ वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता ?
काठमाडौं– पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले साउन १ देखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । 
सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४ अर्ब ६४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । 
‘साउनदेखि नयाँ दरअनुसार प्हरीले रासनभत्ता पाउनेछन्’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ 
उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक १९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हालउनीहरुले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । 
त्यस्तै झापामा कार्यरत प्रहरीले १५७ पाउँदै आएकोमा १७९ रुपैयाँ ८० पैसा, इलाममा १ सय ६८ पाउँदै आएकामा २०० रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाचुंगोलामा कार्यरत प्रहरीले ४४४ पाउँदै आएकोमा अब ६१५ रुपैयाँ पाउनेछन् । पहाडी र हिमाली जिल्लाहरुमा खाद्यान्न महँगो हुने भएकाले रासनदर उच्च हुने गर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 


शेयर बजार दश अङ्कले घट्यो 

    लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आइतबार कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । 

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उप–समूहको शेयर वृद्धि भएको छ भने आठ उप–समूहको शेयर घटेको छ । विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ०४ र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ०५ र जीवन बीमा ७३ दशमलव  ८८ अङ्कले घटेको छ । 

    
सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाइने 

    सरकारले सार्वजनिक प्रशासनलाई परिणाममुखी र प्रभावकारी बनाउन बजेटमार्फत स्पष्ट रूपमा विभिन्न व्यवस्था गरेको छ । 

    प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक–२०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सेवा प्रवाह र विकास निर्माणलाई गति दिन निजामती प्रशासनलाई थप चुस्त–दुरुस्त बनाउन आवश्यक कार्यक्रम बजेटमा समेटिएको उल्लेख गरेका हुन् । 


    

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x