×

NMB BANK
NIC ASIA

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपीएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

असार ९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कास्की- छैठौं महिला तथा सातौं राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा  पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।  

Sagarmatha Cement
Muktinath Bank

कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । सोमवारको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टीमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 त्यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टीमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टीमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र  १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद २० हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टीमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टीमका मनिषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टीमले नगद १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । 

Vianet communication
Laxmi Bank

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपीएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद तीन-तीन हजार पुरस्कार प्राप्त गरे । 

विजेता टिमका खेलाडी तथा दुवै विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी,  नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ तथा सङ्घका कास्की अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिलातर्फ १४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेपालमा आयोजना गर्ने गरी तय भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) को लागि छनोट गरी बन्द प्रशिक्षणमा सहभागी गराइने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x