अरबाज खानले मुम्बईमा किने आलिशान घर, पार्टीमा यूलियासँग पुगे सलमान

असार ९, २०७६

एजेन्सी-बलिउड अभिनेता अरबाज खानले हालै नयाँ घर किनेका छन् । अरबाजले मुम्बईको पोश इलाकामा घर किनेका हुन् । 

अरबाजको नयाँ घरमा आइतवार साँझ एक पार्टीको आयोजना गरिएको थियो । जसमा खान परिवार एकसाथ देखिएका थिए । सलमान पनि अबेर राति भाइको पार्टीमा प्रेमिका यूलिया वन्तूरसँग पुगेका थिए । 


ADVERTISEMENT

प्राय: खान परिवार हरेक फंक्शनमा देखिन्छन् । पार्टीमा यूलिया कालो आउटफिटमा देखिएकी थिइन् । उता सोहेल खान पनि दुई छोराहरू निर्वान र योहानसँग पार्टीमा सहभागी भएका थिए । 

भाइ अरबाजको पार्टीमा बहिनी अर्पिता पनि पुगेकी थिइन् । अर्पितासँगै पार्टीमा पति आयुष शर्मा र छोरा आहिल पनि थिए । 

सलमान स्टारर फिल्म 'भारत'ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो । फिल्मले दुई सय करोड कमाइसकेको छ । 

अब सलमानको 'दबंग ३' र 'इंशाअल्लाह' आउँदै छ । 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस