×

NMB BANK
NIC ASIA

ऊर्जामन्त्री भन्छन्- बूढीगण्डकीलाई भकुण्डो हुन दिन्नौं, १ खर्ब रुपैयाँ पेट्रोलबाटै उठ्छ

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई भकुन्डो बन्न नदिने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पुनले बुढीगण्डकीमा अनियमितता भएको कुरा सत्य नभएको र राष्ट्रिय गौरवको आयोजनामा राष्ट्रिय हित हुने गरी काम गरिने बताए ।


Advertisment
Nabil box
Kumari

संसद्‍मा पुनले दिएको जवाफको सारसंक्षेपः

Vianet communication
Laxmi Bank

बूढीगण्डकीको बारेमा गेजुवा कम्पनीबारे धेरै कुरा आएको छ । म एउटै वाक्यमा भन्नु पर्दा धेरै सम्मानित समितिहरूमा पनि यस बारेमा स्पष्ट गरिसकेका छौं । अहिले कुनै पनि सम्झौता भएको छैन । मात्रै नेपाल सरकार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई नाम लिइएको कम्पनीसँग छलफल गर्न भनेको छ र तीन चरणमा पाँच महिना अगाडि हामीले छलफल गर्‍यौं, त्यसपछि अगाडि बढेको छैन । र हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौं ।

हिले सरकारले सोचेको ईपीसीएफ मोेडालिटीमा काम अगाडि बढाउने कि भनेर छलफल शुरू गरेको हो । त्यसैले यसलाई कुनै भकुण्डो बनाउने कुरो, यसमा कुनै चलखेलको कुरो, यसमा कुनै अनियमितता हुने कुरा सोह्रै आना असत्य कुरा हुन्, झुट कुरा हुन् । यसमा कुनै सत्यता छैन । सम्माननीय सदन समक्ष म के बताउन चाहान्छु भने- राष्ट्रिय गौरवका आयोजनालई राष्ट्रिय हितमै प्रयोग गर्छौं । राष्ट्रिय हितलाई ध्यान दिएर हामी काम गर्छौं । जलासययुक्त आयोजनाहरू हुन् । अलिकति महंगो, करीब २ खर्ब ७३ अर्बको चाहिँ लागत अनुमान भएको छ । बजेट जम्मा गरेर उपयुक्त मोडालिटिमा हामी निर्माण गर्छौं । अहिलेको बजेट बाँकी मुआब्जा वितरणका लागि हो । आगामी आर्थिक वर्षमा मुआब्जा वितरणको काम सबै सकाउँछौं ।

त्यसपछि पेट्रोलियम पदार्थमा लगाएको छ रुपैयाँ कर जो छ, त्यसबाट करीब ३० अर्बसम्म संकलन भएको हामीले जानकारी पाएका छौं । त्यसमध्ये २५ अर्ब सम्बन्धित आयोजनामा मुआब्जा वितरणमा खर्च भइसकेको छ । नेपाल सरकारको अनुमान चाहिँ कम्तिमा पनि झण्डै १ खर्ब जति मुआब्जा र पुनर्स्थापना एवं पुनर्वासमा खर्च हुन्छ । करीब एक खर्ब रुपैयाँ यो पाँच रुपैयाँ प्रतिलिटर करबाट व्यवस्था हुन्छ भन्ने अनुमान सरकारले गरेको छ ।

यसअघि सांसदहरूले बूढीगण्डकी जलविद्युत् आयोजन चिनियाँ गेजुवा कम्पनीलाई दिने विषयमा चलखेल भएको लगायतका विषयमा ऊर्जा मन्त्री पुनको जवाफ मागेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x