×

NMB BANK
NIC ASIA

विषादी परीक्षणपछि मात्र तरकारी आयातको नीतिबाट उपभोक्ता खुशी, नाकामा ल्याब नहुँदा समस्या

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विदेशबाट आयात हुने तरकारी विषादी परीक्षणपछि मात्रै आयात गर्न पाउने सरकारी नीति आएपछि परीक्षण गरिएका नमूनाहरू खान योग्य रहेको पाइएको छ । तरकारी तथा फलफूलमा गरिएको विषादीको मात्रा परीक्षणका क्रममा सबै तरकारी एवं फलफूल खानयोग्य रहेको पाइएको हो ।

Muktinath Bank

विभिन्न नाकाबाट काठमाडौंको कालीमाटीमा आएर परीक्षण गरिएका र कैलाली नाकाबाट भित्रिएका फलफूल खानयोग्य रहेका विषादी अवशेष द्रुत विश्लेषण इकाइले जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालीमाटीका नायव प्राविधिक सहायक जागेश्वर शर्माले हालसम्म परीक्षण भएका सबै तरकारी एवं फलफूल खानयोग्य पाइएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका दुई दिनमा कालीमाटीमा ७७ मात्र नमूना परीक्षण गरिएका छन् । तीमध्ये सबै नतिजा खानयोग्य रहेका उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘हिजो सोमवार धेरै आएका थिए, आज बन्दको कारणले पनि होला १५ वटा मात्रै आए,’ उनले लोकान्तरसँग भने, ‘हिजो ६२ वटा आएका थिए । अहिलेसम्म परीक्षण भएका सबै खानयोग्य रहेका छन् ।’

आइतवार पनि परीक्षणको लागि आएका तर भन्सार विभागको पत्र निलइकनै आएकाले परीक्षण गर्न नसकिएको शर्माको भनाइ थियो ।

उनका अनुसार काठमाडौंको कालीमाटीमा नेपालगञ्ज नाका, बुटवल नाका र भैरहवा नाकाबाट आइरहेका छन् ।

‘धेरै जसो भैरहवा नाकाबाटै आइरहेका छन्,’ उनले भने, ‘झापा कञ्चनपुरका लागि उतै प्रयोगशला छन् र उतै परीक्षण भइरहेका छन् ।’

अन्य नाकामा पनि प्रयोशाला भएको तर, प्राविधिक नभएका कारण परीक्षण गर्न नसक्दा यहाँ आइरहेका शर्माले बताए । ‘अन्य नाकाका लागि पनि प्रयोगशाला त छन् । मान्छे नभएको हुनाले अलि समस्या भएको हो,’ उनले भने,

‘बुटवलमा पनि ल्याब छ । नेपालगन्जमा पनि छ । त्यहाँ चाहिँ मान्छे नभएर समस्या भएको हो ।’

पूर्वका नाकाका लागि सर्लाही र झापामा पनि विषादी परीक्षण प्रयोगशाला रहेकाले त्यहाँबाट आयात हुने तरकारी त्यहीँ परीक्षण भइरहेको उनको भनाइ थियो ।

त्यस्तै कन्चपुरको गडड चौकी नाका र कैलालीको गौरीफन्टाबाट आयात हुने तरकारी परीक्षणका लागि कैलालीको अत्तरियामा प्रयोगशाला रहेको छ ।

अत्तरिया प्रयोगशालामा हालसम्म एउटा मात्रै नमूना परीक्षणका लागि आएको र त्यसमा पनि कैफियत नपाइएको अत्तरिया विषादी अवशेष द्रुत विश्लेषण इकाइले जानकारी दिएको छ । इकाइ प्रमुख जीतबहादुर थापाले हिजो र अस्ति एउटा पनि नमूना परीक्षणका लागि नआएको र सोमवार एउटा मात्रै अनारको नमूना परीक्षणका लागि आएको जानकारी दिए ।

‘अघि एकजना अनार परीक्षणका लागि आउनुभएको थियो । मैले परीक्षण गरेँ । खानयोग्य रहेको पाइयो,’ उनले लोकान्तरसँग भने, ‘मैले अघि आउनुभएको साथीलाई पनि सोधेको थिएँ । उहाँले तरकारी आयात भइरहेको छैन भन्नुभयो । यसको अर्थ आयात भइरहेको छैन भन्ने हुन्छ । यसअघि प्याज लगायतका तरकारी टन्नै आउँथ्यो ।’

तरकारीको आयात रोकिएपनि तत्काललाई आपूर्तिमा समस्या नदेखिएको र एकदुई दिनपछि थाहा हुने थापाको भनाइ थियो । परीक्षणका क्रममा खानयोग्य निस्केमा खानयोग्य रहेको प्रमाणपत्र दिइने र त्यसैको आधारमा भन्सार कार्यालयहरूले आयात गर्न दिइरहेका छन् ।

अवशेष द्रुत विश्लेषण कार्यालयका अनुसार तरकारीमा विषादी ३५ पीपीएम (विषादीको मात्रा) भन्दा कम रहेको पाइएमा पखालेर खान योग्य मानिन्छ । त्योभन्दा बढी ४५ पीपीएमसम्म तीन दिनपछि खानयोग्य मानिने र त्योभन्दा बढी खानयोग्य नरहेको मानिन्छ ।

अवशेष द्रुत विश्लेषण कार्यालयका अनुसार एउटा नमूना परीक्षणका लागि १० देखि १५ मिनेट समय लाग्छ ।

परीक्षणपछि गरिने आयातमा सबै एक मत

यसैबीच सरकारले तरकारीको आयात विषादी परीक्षण गरेर मात्रै आयात गर्न पाउने नीति ल्याएको प्रति उपभोक्ताकर्मीदेखि किसानसम्म सबैले खुशी व्यक्त गरेका छन् । सबैको एक मत रहेको छ ।

गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै वाणिज्य मन्त्रालयले आयातित तरकारीको विषादी परीक्षण गरेर मात्रै आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्रिय कृषक महासंघका अध्यक्ष उद्धव अधिकारीले कतिपय अवस्थामा भारतमा उपभोग गर्न अयोग्य तरकारी समेत नेपाल आइरहेकोले विषादी परीक्षणपछि मात्रै आयात गर्न पाउने व्यवस्थाले स्वच्छ तरकारी नेपाल आउने बताए ।

‘सबैभन्दा डर लाग्दो विषय त भारतमा रिजेक्ट गरिएको तरकारी नेपाली बजारमा सरसर्ती आइरहेको अवस्था छ,’ उनले भने, ‘त्यसको रोकावटका लागि सरकारको यो कदम एकदमै स्वागत योग्य छ, ।’

सरकारले कार्यान्वयन गर्न खोजेको यस्तो नीतिले नेपालमा बढी मात्रामा तरकारी आयात नहुने र केही हदसम्म नेपाली उत्पादनले पनि बजार पाउने अधिकारीको विश्वास छ ।

त्यस्तै कृषि विश्लेषकहरूले पनि तरकारी आयातका सन्दर्भमा ल्याइएको विषादी परीक्षण नीतिले नेपाललाई फाइदा पुग्ने टिप्पणी गरे । कृषि विश्लेषक सोमत घिमिरेले विषादी परीक्षण गरेर मात्रै तरकारी आयात गर्त पाउने कुरा राम्रो रहेको बताए । यस किसिमको सरकारी नीतिले नेपाल डम्पिङ साइट नबन्ने र नेपालीले स्वच्छ तरकारी उपभोग गर्न पाउने भन्दै यो राम्रो पक्ष रहेको उनले बताए ।

त्यस्तै जस्तो पायो त्यस्तै सामान नआउने भएको हुनाले बाहिरबाट आउने तरकारी रोकिएर हाम्रो स्थानीय उत्पादन बढ्ने, अलिकति कृषिमा बढी लाग्ने र हाम्रो अर्थतन्त्र मजबुत हुने सम्भवना हुने घिमिरेले बताए ।

आयातित तरकारी विषादी परीक्षणपछि मात्रै आयात गर्न पाउने व्यवस्था राम्रो रहेको भन्दै यसलाई व्यवस्थित गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने घिमिरेको भनाइ छ ।

त्यस्तै उपभोक्ता अधिकारकर्मीहरूले पनि विषादी परीक्षण गरेर मात्रै आयात गर्न पाउने सरकारी नीति राम्रो भएपनि व्यवस्थित गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विषादी परीक्षण गरेर आयात गर्न पाउने सरकारी नीति राम्रो रहेपनि व्यवस्थि तगर्न नसकेको बताए । 

‘हाम्रो भन्सार नाकाहरुमा पहिले नै क्वारेन्टाइन चेक पोष्टहरू राख्नुपथ्र्यो । तर, सरकारले त्यो गरेन । तर, अझै पनि चेकपोस्ट राखेर व्यवस्थित गर्नुपर्छ । यो राम्रो कुरा हो ।’

नाकामै प्रयोगशाला नहुँदा समस्या

भारतबाट आयात भइरहेको तरकारी परीक्षणका लागि नाकाहरूमा विषादी परीक्षण प्रयोगशाला नहुँदा विषादी परीक्षणमा समस्या आएको छ ।

भारतबाट आयात हुने विभिन्न नाकाहरूमा तरकारीका गाडीहरू छाडेर काठमाडौंस्थित कालीमाटीमा ल्याएर मात्रै तरकारीको परीक्षण भइरहेको छ ।

तरकारीको नमूना कालीमाटीमा ल्याएर जाँच गरेर उपभोगयोग्य रिपोर्ट निस्केमा मात्रै तरकारी आयात गर्न पाउने र उपभोग गर्न लायक ननिस्केमा आयात गर्न नपाउने भएको हुँदा झन्झट बेहोर्न परिरहेको आयातकर्ताहरू बताउँछन् । नाकाबाट काठमाडौं आउन र काठमाडौंमा परीक्षण गरी रिपोर्ट लैजान लामो समय लाग्ने भएकाले तरकारी बिग्रिने अवस्था रहेको उनीहरूको गुनासो  छ।

यता सरकारले भने सीमा नाकाहरूमा चाँडै विषादी परीक्षण प्रयोगशालाको व्यवस्था गरिने बताएको छ । यस विषयमा वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, भन्सार विभाग र आपूर्ति विभाग लगायतका निकायहरूबीच छलफल भइरहेको जनाइएको छ ।

आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले कर्मचारीलाई पठाउने गरी छलफल भइरहेको र विषादी परीक्षणको नीति कार्यान्वयनमा ल्याइने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x