मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रक्रियामा आएदेखि नै आफूले योगदान पुर्याउँदै आएको बताउनुभएको छ ।
अस्पतालले सञ्चालन गरेका दुई वटा फार्मेसीको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको एक मात्र केन्द्रीयस्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रसँग आफूले निरन्तर कुराकानी गरिरहेको जानकारी गराउनुभयो ।
अस्पतालको आफ्नै फार्मेसीबाट बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उहाँले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा अस्पताल स्वयम्ले फार्मेसी सञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज फार्मेसीको उद्घाटन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले फार्मेसी सञ्चालन प्रक्रिया र सहुलियत दरमा बिरामीले औषधि पाएको जानकारी गराउनुभएको थियो । उहाँले फार्मेसी अस्पताल अतिरिक्त आम्दानीका लागि नभएर बिरामीको सेवाका लागि केन्द्रित हुने बताउनुभयो । अस्पतालले फार्मेसी सञ्चालन गरेसँगै बजारको बिक्री मूल्यभन्दा ३०० गुणासम्म सस्तोमा बिरामीले औषधि पाएका छन् ।
आचार्यका अनुसार फार्मेसी सञ्चालन निर्देशिका २०७२ ले तोकेअनुसार बोलपत्र आह्वान गरी खरीद गरिएको मूल्यमा २० प्रतिशत मुनाफा राखेर बिक्री गरिएको छ । क्यान्सरका बिरामीलाई लगाईने महङ्गो केमोदेखि ग्यास्ट्रिक नबढोस् भनेर खाइने सामान्य औषधिसम्म निकै सस्तो मूल्यमा उपभोक्ताले पाएका छन् ।
अक्ज्यालो प्लाटिन नामक केमो बाहिरी बजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु तीन हजार ३०० मा बिक्री गरिएको आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बजारमा प्रति ट्यावलेट रु आठ पर्ने प्यान्टोप्राजोल तीन रुपैयाँ २५ पैसामा अस्पतालको फार्मेसीमा पाइन्छ ।
अस्पतालका कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनुभएका भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको आफ्नै फार्मेसी भएसँगै बिरामी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । पछिल्लो समय अस्पताल सुधारको गतिमा अघि बढेको भन्दै उहाँले यसलाई एशियाको नमूना अस्पतालका रुपमा विकास गर्न महानगर लागि परेको जानकारी दिनुभयो । अस्पतालको वहिरङ्ग र अन्तरङ्ग सेवामा फार्मेसी सञ्चालमा ल्याइएको हो ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...