×

NMB BANK
NIC ASIA

‘क्लिन फिड अव्यवहारिक भएकाे दाबी, लागु भए व्यवसाय बन्द गर्ने चेतावनी

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । 
नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए । 
उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’
उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे । उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुनेपनि जिकिर गरे । ‘क्लिन–फिड’ लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए । 
उक्त विद्येयकका बारेमा छलफल गर्नको लागि विभागी मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिईएको पनि उनले गुनासो पोखे । सुवेदीले थपे,‘मन्त्रीसँग दोहोरो कुरा गर्ने मन छ ।’ 
सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ । ‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन’–उनले प्रश्न गरे ।
डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’
उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकारसामू आग्रह गरे । आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे । उनले भने,‘यसरी हुँदैन्, बरु सोलुशन खोजौं ।’ व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए । 
नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे । 
उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे । 
उनले आफूहरुको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे । उनले आफूहरुको ‘अपरेशन कष्ट’ नउठे बन्द गर्ने स्पष्ट पारे । क्लिन फिड लागु भए नेपालका मिडिया नै मर्ने अवस्था रहेको उनले खतरा औंल्याए । उनले संसारभरि अन्त कतैपनि क्लिन फिड लागु नभएको जिकिर गरे । 
कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो । उनले भने,‘यी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं । अरु केही पनि होईन ।’
कतिपय मिडियाले आफूहरुको उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिएपनि बास्तविकतामा त्यसतो नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘क्लिन फिड लागु नै गर्नुहुँदैन भनेर हामीले भनेका होइनौं । तर, डायलग गरौं ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x