×

NMB BANK
NIC ASIA

मुख्य समाचार

नयाँदिल्ली र दुबईमा उडान थप गदैै निगम, सैनिक जवान युवतीको प्रेमजालमा पर्दा...

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रियसभाको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन् । 

Muktinath Bank

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच भूमि व्यवस्थामन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनी गलत प्रचार गरिएकामा दुःख व्यक्त गर्दै सनातन धर्मको संरक्षण गर्न नै विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा सबै विधयेकमा व्यवस्था गरिएको स्पष्ट पारेकी छिन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभाको बैठकमा मन्त्री अर्यालले भनिन् “गुठी विधेयक संविधान विपरीत होइन, संविधान कार्यान्वयन गर्न ल्याइएको थियो, गुठीका सम्बन्धमा संविधानको धारा २९० ले स्पष्ट व्यवस्था गरेको छ, सङ्घले कानून बनाएर व्यवस्थित गर्ने भनिएकै छ ।”

Vianet communication
Laxmi Bank

उनले गुठी ऐन २०३३ ले समयानुकूल र वैज्ञानिक बनाउनुपर्नेे आवश्यकता जनाएको हुनाले २०५८ सालमा नै गुठीसम्बन्धी विधेयक तत्कालीन राष्ट्रियसभामा प्रस्तुत गरिएको स्मरण गराइन् । 

पोखरा महानगरको बजेट रु सात अर्ब ५४ लाख 

    भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखराले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । 

    महानगरको पाँचौँ नगरसभामा उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।  महानगरको कूल बजेटमध्ये पूँजीगत खर्चमा रु चार अर्व ७० करोड, ९९ लाख ६० हजार विनियोजन गरिएको छ ।

    प्रशासनीक खर्चमा रु दुई अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषमा रु ४० करोड तथा संसद् विकास कोष कार्यक्रममा रु १४ करोड छुट्टाइएको छ । बजेटको मुख्य स्रोतको रूपमा सङ्घ सरकारबाट प्राप्त हुने रु तीन अर्ब ३३ करोड ७८ लाख ८० हजार अनुदान रहेको छ ।

    गण्डकी प्रदेश सरकारबाट रु ४७ करोड ९६ लाख ८३ हजार अनुदान र महानगरको आन्तरिक आय रु दुई अर्ब ५० करोड २९ लाख १७ हजार हुने अनुमान गरिएको छ । आन्तरिक आय तथा अनुदानबाट अपुग हुने बजेटको स्रोत वैदेशिक ऋण तथा अनुदान, जनसहभागिता र चालू आर्थिक वर्षमा खर्च हुन नसकेर रहने रकमबाट पूर्ति गरिने उल्लेख छ । 

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

    
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५÷७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गर्नुभएको हो । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो । 

    आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ । 

    यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१  करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।
 
ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

    ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गरेका छन् ।  महानगरपालिको चौथो नगरसभामा उनले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गरेका हुन् । 

    महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो । चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ । महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ । त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ ।

    कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ । कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र  विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ ।  

रक्षामन्त्रीको जवाफ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताएका छन् । 

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना दृढ सङ्कल्पित रहेको बताए । 
नेपाली सेनालाई आधुनिकीकरण र सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “विकास र निर्माणका काममा पनि नेपाली सेनाको योगदान उल्लेख्य छ ।” 

सर्वसाधारणको आवाजलाई ध्यानमा राखेर विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन गर्न सरकार संवेदनशील रहेको बताउँदै उनले परिवर्तित राजनीतिक शासकीय व्यवस्थाअनुसार नयाँ सुरक्षा नीति पारित गर्नाका साथै राष्ट्रिय सुरक्षा नीतिलाई अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिए । 

सैनिक कूटनीतिक सम्बन्ध विस्तार, पेशागत दक्षता र क्षमता अभिवृद्धिका साथै शान्ति स्थापना र विपद् व्यवस्थापनामा क्षमता बढाउने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय सैन्य तालीम र अभ्यास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतदेखि नै यसखाले प्रशिक्षण विशुद्ध सेनाको क्षमता अभिवृद्धि र पेशागत व्यावसायिक सुदृढीकरणका सिलसिला भएको बताए ।

नेपाली सेनाले भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतका सेनासँग पेशागत क्षमता बढाउने, सहकार्य गर्ने, ज्ञान आदान–प्रदान र पारस्परिक क्षमता बढाउने सिलसिलामा यस्ता अभ्यास हुने गरेको बताउँदै उनले नेपाल स्थापनाकालदेखि नै असंलग्न आन्दोलनको सदस्य मुलुक भएकाले कुनै क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै नउठ्नेमा जोड दिए । 

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे चार लाख

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने । नयाँ पत्रिकामा खबर छ । 

अन्तर्राष्ट्रिय उडान बढाउँदै निगम 

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । 

    अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ ।

    निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पु¥याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पु¥याइएको छ ।

    निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालीम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालीम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

    पनिकाको काम अनलाइनमार्फत

    त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको पनिकाका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । 

    घुस लिएको अभियोगमा पक्राउ 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ ।

    शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले उनकै कार्यलय परिसरबाट पक्राउ गरेको हो । आरोपी वलीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

  
प्रचण्ड भन्छन्
    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन् । 

    भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले भने, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली,  शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।” अध्यक्ष दाहालले थपे, “हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।” 

    अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भने, “जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।” शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रूपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए । 

    उनले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए । 

    
बुटवलको बजेट रु एक अर्ब ९० करोड 

    बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ९० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ एक अर्ब १२ करोड अर्थात करीब ५९ प्रतिशत र पूँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात ४१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेतलाई समावेश गर्दै गत वर्षभन्दा ३५ करोड बढीको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आवमा रु एक अर्ब ६६ करोड ५० लाख बजेट प्रस्तुत गरेको थियो । नगरसभाको पाँचौँ अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट निर्माण गरिएको बताइन् । 

    
नेपालगञ्जको बजेट रु दुई अर्ब २८ करोड

    नेपालगञ्ज उपमहानगरपालिकाको भएको पाँचाँै नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।

    नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरिन् । 
 गत आव २०७४÷७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ । 

 आज एसईईको नतिजा सार्वजनिक गर्ने तयारी 

भक्तपुर–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । 


चट्याङ लागेर तीन जनाको मृत्यु

    रूपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् । 

    अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्य पूराले जनाएको छ । यसैबीच दाङमा पनि चट्याङ लागेर ३ जनाको ज्यान गएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x