×

NMB BANK
NIC ASIA

बिहानै ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

असार ११, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

अछाम – चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु भएको छ ।

Muktinath Bank

से१त ७८३९ नम्बरको ट्रयाक्टर बुधवार बिहानै दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४ घाइते भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउँद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउँद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

ट्रयाक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

बुबाको हत्या गर्नेलाई १ लाख जरिवाना, १० वर्ष कैद

आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवाना भएको छ । बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुंग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो । 

कर्तव्य ज्यान कसुर मुद्दामा मंगलवार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए ।

यस्तै, जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम (ज्ञानी) लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x