×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप : अविजित न्युजील्यान्डविरुद्ध अनिश्चित पाकिस्तान

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकपको ३३औं खेलमा बुधवार पाकिस्तान न्युजील्यान्डसँग एजबास्टनमा भिड्दैछ ।

Muktinath Bank

दुवै टीम इंग्ल्यान्डको मैदानमा पाँचौंपटक भिड्दैछन् । पछिल्ला तीन खेलमा पाकिस्तान विजयी भएको छ । न्युजील्यान्डले पछिल्लोपटक १९८३ मा मात्र इंग्ल्यान्डको भूमिमा पाकिस्तानलाई हराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विश्वकपमा पाकिस्तान अंकतालिकामा सातौं स्थानमा छ । उसले सेमिफाइनलमा ठाउँ बनाउने हो भने आजको म्याच जसरी भए पनि जित्नुपर्छ । हारेमा ऊ प्रतियोगितामा अघि बढ्न सक्ने छैन । उसले ६ खेलमा दुई जीत र तीन हार पाएको छ ।


Advertisment
Nabil box
Kumari

न्युजील्यान्ड भने प्रतियोगितामा अहिलेसम्म अविजित छ । उसको ११ अंक छ । आजको खेल जितेर ऊ सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । 

Vianet communication
Laxmi Bank

दुवै टीम अहिलेसम्म १०६ पटक भिडेका छन् । त्यसमा पाकिस्तान ५४ म्याचमा विजयी भएको छ । न्युजील्यान्डले ४८ म्याच जितेको छ । एक म्याच टाई भयो भने तीन म्याचमा परिणाम निस्किएन । 

विश्वकपमा यी दुईले आठ म्याच खेलेका छन् । पाकिस्तानले ६ पटक अनि न्युजील्यान्डले एकपटक जीत हासिल गरेको छ । 

बर्मिंघममा बादल लाग्ने सम्भावना छ । तापक्रम १४ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । टस जित्ने टीमले ब्याटिङ रोज्नेछ । 

पाकिस्तानका लागि हारिस सोहेल फर्ममा आएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध ८९ रन बनाए । अनि यस प्रतियोगितामा सबभन्दा बढी विकेट लिनेमा तेस्रो नम्बरमा रहेका मोहम्मद आमिरले पाँच म्याचमा १५ विकेट लिइसकेका छन् । उनले आजको म्याचमा राम्रो बलिङ गर्ने अपेक्षा छ । 

पाकिस्तानका लागि मोहम्मद हफीजले विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले ठूलो पारी खेल्नुपर्नेछ । 

न्युजील्यान्डका लागि कप्तान केन विलियम्सन उत्कृष्ट फर्ममा छन् । उनले यस विश्वकपमा दुई शतक लगाइसकेका छन् । उनको कप्तानीमा टीमले एउटा खेल पनि हारेको छैन । उनले चार इनिङमा १८६.५० को औसतमा ३७३ रन बनाएका छन् । 

न्युजील्यान्डका लागि सबभन्दा बढी विकेट लिने लोकी फर्गुसनले विपक्षी ब्याट्स्म्यानहरूलाई खुबै अत्याएका छन् । उनले पाँच खेलमा १४ विकेट हात पारेका छन् । 

मार्टिन गुप्तिल र कोलिन मुनरो फर्ममा नहुनु चाहिँ न्युजील्यान्डका लागि चिन्ताको विषय हो । उनीहरूले राम्रो शुरूआत गरेमा न्युजील्यान्डले विशाल स्कोर बनाउन सक्थ्यो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x