×

NMB BANK
NIC ASIA

नगरपालिकाले गर्‍यो कृषिमा नयाँ प्रविधिका सामग्री वितरण

असार ११, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बनेपा – धुलिखेल नगरपालिकाले किसानको आयस्तरमा वृद्धि गर्नका लागि परम्परागत खेती प्रणालीबाट आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण गरेको छ ।

Muktinath Bank

नगरपालिकाभित्रका कृषिलाई प्राथमिकीकरण गरेर किसानलाई प्रविधि हस्तारण गर्दै उनीहरूले गर्दै आएका उत्पादन र लागत सहभागितामा सहजीकरण होस् भन्ने उद्देश्यले मेसिनरी सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यसका लागि हामीले नगरपालिकाबाट दुग्ध उत्पादक किसानलाई चिस्यान केन्द्र, किसानलाई थ्रेसर मेसिन, खेत खन्ने मेसिन, धान काट्ने मेसिन र मकै छोडाउने मेसिनलगायतका विभिन्न खाले मेसिन अनुदानमा वितरण गरेका छौं,’ उनले भने, ‘यसबाट ग्रामीण तहको कृषि उत्पादनमा पनि वृद्धि गर्दै आयआर्जनमा वृद्धि हुने र किसानमा रहेको परम्परागत खेती प्रणालीमा आधुनिकीकरण प्रवेश गराउँदै उहाँहरूको जीवनस्तरमा नै सुधार ल्याउने उद्देश्यका साथ यो काम गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

त्यससँगै कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि उत्पादनलाई बजारसँग जोडेर काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख ब्याञ्जुले नगरभित्रका ५ ठाउँमा तरकारी र फलफूल संकलन केन्द्र बनाउँदै गरेको र ती सबै ठाउँका तरकारी तथा फलफूललाई एक ठाउँमा केन्द्रित गरी यहाँबाट काठमाडौं पुर्‍याउनका लागि काठमाडौंमा पनि केन्द्र स्थापना गर्न आवश्यक भएकाले ती ठाउँमा पनि संकलन केन्द्र स्थापनाको तयारीमा रहेको बताए ।

Vianet communication
Laxmi Bank

‘त्यसका लागि करीब २ हजार किसानलाई आवद्ध गराएर किसानमा प्रविधि, सीप, दक्षता, र सशक्तीकरण गर्ने काम गर्छौं,’ उनले भने । त्यससँगै परम्परागतरूपमा सञ्चालन हुँदै आएको आरनलाई सुधार गर्नका लागि मेसिन वितरण गरिएको छ । नगरपालिकाले आदिवासी जनजाति, दलित, युवा पिछडिएका वर्गको हितका लागि परिषद्हरु गठन गरेको र त्यसबाट बेरोजगार युवा, महिला, दलित, जनजातिलाई सीपमूलक तालीम दिने, सीप सिकेकालाई काम गर्नका लागि सामग्री हस्तारण गर्ने र त्यसका लागि पूँजी नभएकाहरुका लागि अरु थप गरीबी निवारण मेयर कोषबाट निब्र्याजी ऋणसमेत दिएर जीवनस्तर उकास्ने काममा अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ती सबै उद्देश्यलाई पूर्ति गर्नका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ७५ ट्रयाक्टर वितरण, प्लाष्टिक टनेल १०० थान, मकै छोडाउने मेसिन नौ, नमूना आरन सुधारका लागि प्रविधियुक्त मेसिनरी सामग्री वितरण गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x