×

NMB BANK
NIC ASIA

बेलायतका महिलाले भने – अब बच्चा नजन्माउने, जलवायु परिवर्तनले गर्दा संसार बस्न लायक रहेन

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतमा जलवायु परिवर्तनको असरका बारेमा सचेत गराउने एक समूहले बच्चा नजन्माउने निर्णय लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

समूहका महिलाहरूले जलवायु परिवर्तन गम्भीर समस्या बन्दै गएको बताए । संसारमा सुक्खा, अकाल, बाढी र ग्लोबल वार्मिङको डरले उनीहरूलाई सताइरहेको छ । भविष्यको पुस्ताका लागि जीवनको गुणवत्ता झन् राम्रो बनाउन उनीहरूले यो फैसला लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लन्डनमा बस्ने ३३ वर्षीया ब्लाइथ पेपिनो संगीतकार हुन् । उनले जलावयु परिवर्तनका कारण बच्चा नजन्माउने निर्णय लिएकी छन् । उनले भनिन्, ‘म बच्चा चाहन्छु । म आफ्नो पार्टनरसँग मिलेर परिवार चलाउन चाहन्छु । तर यो संसार बच्चाले बस्न लायक छैन ।’


Advertisment
Nabil box
Kumari

पेपिनोले सन् २०१८ मा बर्थस्ट्राइक समूह गठन गरेकी थिइन् । अहिलेसम्म यस संगठनमा ३३० जना जोडिएका छन् । तिनमा ८० प्रतिशत महिला छन् । 

Vianet communication
Laxmi Bank

जलवायु परिवर्तनलाई रोक्नका लागि जम्मा ११ वर्ष बाँकी रहेको भनी संयुक्त राष्ट्रसंघको प्यानल अन क्लाइमेट चेन्जले चेतावनी दिएपछि पेपिनोले निर्णय लिएकी हुन् ।

हालै मात्र यस समूहमा जोडिएका २९ वर्षीय कोडी ह्यारिसनले अरूको जीवनसँग खेलाँची गर्न नसकिने बताए । परिस्थिति अनुकूल नभएमा मनुष्यले राम्रो जीवन बिताउन नसक्ने उनले बताए । 

लोरी डे नामक अर्की सदस्यले जलवायु परिवर्तन हुँदा अनेकौं कुरा बदलिने बताइन् । यसले खाद्य उत्पादन तथा संसाधन प्रभावित हुने र युद्धको स्थिति बन्ने उनले बताइन् । 

जनसंख्यामा नजर राख्ने एक संस्थाले जनसंख्या बढ्दै जाँदा कार्बन उत्सर्जन बढ्ने र जंगलहरू मासिने तर्क दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०३० सम्म पृथ्वीमा ८.५ अर्ब मानिस हुने र सन् २१०० सम्म यो संख्या ११ अर्ब पुग्नेछ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x