×

NMB BANK
NIC ASIA

मन्त्री बिना मगरले प्रहरीको संरक्षणमा आफ्ना कार्यकर्ता कुटाएको कांग्रेसको आरोप

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रशासनको संरक्षणमा आफ्नो पार्टीका कार्यकर्ता कुटाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

Muktinath Bank

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कञ्चनपुरको घटनाले सरकारको नियत प्रस्ट भएको बताएका हुन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न गएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रसाशनको संरक्षणमा कार्यकर्ता लगाएर आक्रमण गर्न लगाउनु भयो ।  हिजको कृत्यको भत्र्सना गर्छु,’ पाण्डेले भने । 


Advertisment
Nabil box
Kumari

‘सुदूरपश्चिमको बजेट कटौती गरिएको र हुलाकी सडकको निर्माण कार्य रोकिएकोमा सरकारको मौनताप्रति ध्यानाकर्षण गराउन गएका कार्यकर्तामाथिको आक्रमणले सरकारको नियत स्पष्ट भएको छ,’ उनले थपे ।

Vianet communication
Laxmi Bank

आक्रमणबाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, विक्रम चन्द लगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताए । 

सर्लाही घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग

शून्य समयमा कांग्रेसका रमेशजंग रायमाझीले सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको हत्याको छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गरे । 

‘कुमार पौडेललाई मुठभेडमा मारियो भनेर सरकारले जुन सन्देश फैलाउँदैछ । घटनाको सत्यतथ्य बुझ्न सरकारले न्यायिक आयोग गठन गरोस्,’ उनले भने ।  

सांसद रायमाझीले काठमाडौं उपत्यकामा सिरिञ्ज आतंक मच्चिएको भन्दै प्रश्न गरे– ‘सिरिन्ज हान्नेलाई किन कारवाही गरिएको छैन ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x