×

NMB BANK
NIC ASIA

लम्बियो लोक सेवासम्बन्धी रिटमाथिको सुनुवाइ, यस्तो छ कारण

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका ४ रिटमाथिको सुनुवाइ लम्बिएको छ ।

Muktinath Bank

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई सूचना नपुगेका कारण सूचना पुगेपछि आइतवार अर्को सुनुवाइ गर्ने आदेश भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई दिएको निर्देशन गैरकानूनी रहेको जिकिर गर्दै रिट दायर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

लोक सेवाको विज्ञापनसम्बन्धी चारै रिटमाथि बुधवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

Vianet communication
Laxmi Bank

यसअघि आइतवार चारवटै रिटमाथि एक साथ सुनुवाइ शुरू भएको थियो । बहस नसकिएपछि 'हेर्दाहेर्दै'मा राखेर अर्को सुनुवाइ (बुधवार) आजका लागि तोकिएको थियो ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाले निकालेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत रहेको  जिकर गर्दै त्यसलाई रद्द गर्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका छन् ।

लोक सेवाकै विज्ञापनसम्बन्धी अन्य दुई रिट पनि सर्वोच्चमा छन् ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको छ । यसका लागि आवेदन दिने म्याद यही असार १० गते मंगलवार सकिए पनि आउँदो १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x