कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
असार ११, २०७६
काठमाडौं – माथिको तस्वीर दारुण छ । अमेरिका पस्न चाहने व्यक्तिहरूले सामना गर्नुपर्ने खतरालाई यसले उजागर गरेको छ ।
तस्वीरले सीमा क्षेत्रमा भइरहेको मानवीय क्षतिलाई पनि स्पष्ट पारेको छ । अमूर्त आँकडा र नीतिगत बहसले यो क्षतिको मूल्यांकन गर्न सक्दैनन् ।
एल साल्भादोरबाट आएका एक पिता र उनकी छोरी रियो ग्रान्देको पानीमा घोप्टो परेर लडेका छन् । यसले आप्रवासीहरू कस्तो समस्यामा परेका छन् भनी मुटु छुने गरी दर्शाउँछ ।
सीमामा मृत्युको संख्या बढ्न सक्ने भनी आप्रवासीको पैरवी गर्नेहरूले चेतावनी दिइरहेका थिए । शरण माग्दै आएकाहरूलाई अमेरिका पस्न नदिने नीति ट्रम्प प्रशासनले लिएपछि उनीहरू खतरनाक बाटो भएर अमेरिका पस्ने कोशिश गरिरहेका छन् ।
तस्वीरमा अस्कर आल्बेर्टो मार्टिनेज र उनकी छोरी एन्जी भालेरिया देखिएका छन् । उनीहरू रियो ग्रान्दे हुँदै अमेरिका पस्न खोज्दा आइतवार पानीमा बगेका थिए ।
उनीहरूको शरीर टेक्सासभन्दा अलि परको मातामोरोसमा फेला परेको थियो । छोरीको उमेर दुई वर्ष थियो ।
यो तस्वीर पत्रकार जुलिया ले दुकले खिचेकी हुन् । उनी मेक्सिकोमा बस्छिन् ।
तस्वीरमा सानी बच्ची आफ्नो पिताको शर्टभित्र पसेको देखिन्छ । उनको दाहिने हात पिताको घाँटीमा बेरिएको छ । उनीहरू किनारामा घोप्टो परेर पल्टिरहेका देखिन्छन् । किनारामा पिएर फालिएका बीयरका क्यानहरू र सोडाको खाली बोतल देखिन्छ ।
पिता र छोरीको मृत्युपछि एल साल्भादोरकी परराष्ट्रमन्त्री एलेक्जेन्ड्रा हिलले देशवासीहरूलाई देशमै बसेर काम गर्न आह्वान गरिन् । सरकारले आर्थिक समस्या समाधान गर्ने उनले बताइन् ।
सीएनएनबाट
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...