×

NMB BANK
NIC ASIA

दूधमा चार गुणा बढ्यो अनुदान

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन –भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ ।

Muktinath Bank

महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उद्देश्यले अनुदान बढाइएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन भएलगत्तै गत आवको छ महिनाका लागि दूधमा अनुदान दिइएको थियो ।


Advertisment
Nabil box
Kumari

महानगरको पशु सेवा शाखामा कार्यरत डा. सन्तोष घिमिरेका अनुसार चालू आवका लागि आह्वान गरिएको सूचनाका आधारमा ४४ वटा सहकारीमार्फत ३४ लाख ५० हजार २२६ अनुदान वितरण गरिएको छ । गत वर्ष सहकारीमार्फत दूध बिक्री गरेका कृषकलाई चालू आवमा अनुदान दिइएको हो । गत आवमा छ महीनाको १६ लाख ७४ हजार ६८०  अनुदान दिइएको थियो । 

Vianet communication
Laxmi Bank

नगर प्रमुख दाहालले कृषि क्षेत्रको प्रवद्र्धनका लागि यान्त्रीकरणको विषयलाई प्रथमिकतामा राखिएको जानकारी दिँदै यसका लागि आवश्यक पर्ने यन्त्र पहिचान, खरीद, सञ्चालन तालीम व्यवस्थापनजस्ता कार्य गर्न निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा युनिट स्थापना गर्न लागिएको बताइन् ।

फलफूल, तरकारी, माछा च्याउ केराजस्ता कृषि उत्पादनको विकासका लागि सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गरिने प्रमुख दाहालले बताइन् ।

कृषकलाई बैंकमा लाग्ने ब्याजमा अनुदान दिइने, सहकारीमार्फत कोसेली घर स्थापना गर्न प्रोत्साहन गरिने, बीउबिजन र मलमा अनुदान दिने, लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हटाउन पहल गर्ने, विषादी न्यूनीकरण गर्ने, पशुको नश्ल सुधारका लागि कृतिम गर्भाधान कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने, आधुनिक पशु बधशाला निर्माण गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x