×

NMB BANK
NIC ASIA

राजनीतिमा मुस्लिमको सहभागिता बढ्नुपर्छ : मन्त्री राई

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर – शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

मुस्लिम आयोगले बुधवार जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहितको संरक्षण, सम्वद्र्धन र सशक्तीकरण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले जतिधेरै मुस्लिम जातिको बाहुल्यता राजनीतिक दलमा बढ्छ उत्ति नै अधिकार सुनिश्चित गराउन सहयोग पुग्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुस्लिम आयोगका पहिलो अध्यक्ष शमीम अन्सारीलाई मन्त्री राईले मुस्लिम हकहितका लागि ऐतिहासिक काम गरेर अघि बढ्न आग्रह गरे । उनले भने, ‘आगामी दिनमा राष्ट्रियसभामा मुस्लिमको सहभागिता हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

मुस्लिम आयोगलाई उनले मुस्लिमको हक अधिकार कर्यान्वयनमा थप जोड दिन निर्देशन दिए ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको स्थापनापछि मुस्लिम सडक आन्दोलनले उनीहरूको अधिकारप्राप्ति गराएको उनको भनाइ थियो । उनले भने, ‘मुस्लिम आयोग, मुस्लिम इतेहाद मोचा र केही सक्रिया सांसदको संयुक्त प्रयासले सरकारद्वारा कटौती ईदको बिदा पुनःस्थापित भएको छ ।’

प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ मा बाहुल्यता भएका मुस्लिमले सरकारसँग थप अधिकार माग गर्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा सांसद शेख चन्द ताराले मुस्लिम आयोग स्थापनाको १० वर्षमा सरकारले पुनरावलोकन गर्ने जानकारी गराए । ‘आयोगमा ३० देखि ५० जना कर्मचारीको आवश्यकता छ,’ ताराले भने, ‘कर्मचारी पूर्तिमा अब आयोग लाग्नुपर्छ ।’ 

नेपालमा मुस्लिम शिक्षाको मान्यता नभएकाले यसलाई नीतिगतरुपमा ल्याउनुपर्ने सांसद ताराले जानकारी दिए ।

कार्यक्रममा उपस्थित डा. नेहाल असरफले मुस्लिम समुदायमा खाद्य र मातृशिशुको बढी नै समस्या रहेकाले त्यसमा आयोगले ध्यान दिनुपर्ने बताए । ‘मुस्लिम महिलामा खुलेर कुनै पनि समस्या उजागर गर्नसक्ने क्षमता छैन,’ असरफले भने, ‘आयोगले मुस्लिम महिलालाई खुलेर आफूमा भएको समस्या राख्न सक्ने वातावरण बनाउनुपर्छ ।’

सबै नेपाली समुदायका लागि काम गर्ने नेपाल विकास समाजका अध्यक्ष नजरुल हसन फलाहीले समाज बढी मुस्लिमको विषयमा नकारात्मक कुरा उठ्ने भएकाले त्यसलाई निराकरण गर्न आयोगले पहल गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x