×

NMB BANK
NIC ASIA

रेडक्रस ऐनको मस्यौदा समितिमा डा. दास

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले आगामी साउन मसान्तभित्र रेडक्रस ऐनको मस्यौदा तयार गर्न समाजसेवी डा. गौरीशंकरलाल दासको संयोजकत्वमा ‘रेडक्रस ऐन मस्यौदा तयारी समिति’ गठन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रा. सुदर्शनप्रसाद नेपाल, सुरेन्द्रसिंह ऐर, मनोजकुमार थापा, सूर्यचन्द्र न्यौपाने, राजदेव यादव समितिमाका सदस्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्की रेडक्रस सभापति डोलराज पाण्डे, रेडक्रसका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुवेदी ढुंगाना पनि समितिमा सदस्य छन् । समितिको सचिवको जिम्मेवारी रेडक्रसका कानून संयोजक विजय दाहाललाई दिइएको छ  ।


Advertisment
Nabil box
Kumari

असार ६ गते बसेको रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६ औं बैठकले संस्थाको कानूनी आधार बलियो बनाउन सो निर्णय गरेको रेडक्रसका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । बैठकका निर्णय बुधवार सार्वजनिक गरिएको हो । 

Vianet communication
Laxmi Bank

अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘विक्रम संवत् २०७१ चैत ३० गते निर्वाचित यस कार्यसमितिले गठन गरेकै विभिन्न समिति तथा सञ्चालक समिति, नीति, नियमावली र निर्णयलाई यथावत् कायम राखी परिचालन, कार्यान्वयन र मान्यता दिने बैठकले निर्णय गर्‍यो ।’

संस्थाको वर्तमान केन्द्रीय कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७६ जेठ ६ गतेको पत्रद्वारा विघटन गरी तदर्थ समिति गठन गरिएको थियो । सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा गरिएको रिट निवेदन उपर सर्वोच्च अदालतबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय ‘कार्यान्वयन नगर्नु नगराउनू’ भनी गरेको अन्तरिम आदेशप्रति बैठकले सम्मान व्यक्त गरेको छ । 

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरी कानूनी प्रक्रियामार्फत् वर्तमान केन्द्रीय कार्यसमितिको पुनःबहाली गराउन कार्यसमिति अध्यक्षको हैसियतले सञ्जीव थापाले पहल गरेका थिए । संस्थाको लागि जग्गा खरीद र रक्तसञ्चार सेवाको भवन निर्माण सम्बन्धमा भएका निर्णयका बारेमा उठाइएका विषयमा प्रष्ट गर्न केन्द्रीय सदस्य ललितजंग शाहीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको निर्देशक पौडेलले बताए ।

बैठकले विभिन्न बैंकमा रहेका संस्थाका खाता विधान बमोजिम अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णयका साथै सरलताको लागि ५ लाख रुपैयाँसम्मको कारोबारको चेक कोषाध्यक्ष र आर्थिक विभागका कामु निर्देशकबाट सञ्चालन हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । 

बैठकले गत वैशाख २३ गतेदेखि २५ गतेसम्म धरानमा सम्पन्न गर्न आह्वान गरिएको केन्द्रीय सभाको ४८ औं महाधिवेशनको लागि रेडक्रस सुनसरी जिल्ला शाखाले गरेको तयारी र व्यवस्थापनका लागि सो शाखाप्रति धन्यवाद ज्ञापन गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पत्रको निर्देशन बमोजिम अन्तिम क्षणमा सो अधिवेशन स्थगित गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x