×

NMB BANK
NIC ASIA

बाग्लुङ नगरपालिकामा ‘गरीबसँग मेयर’ कार्यक्रम

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाग्लुङ – जिल्लाको बागलुङ नगरपालिकाको पाँचौं नगर सभाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब १ करोड ५७ लाख ५४ हजार १ सय ५४ रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।

Muktinath Bank

बाग्लुङ नगरपालिकाको पाँचौं नगर सभामा बुधवार नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र सेवा प्रभावलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । 


Advertisment
Nabil box
Kumari

नगरपालिकामा विनियोजित बजेटको स्रोतअन्तर्गत संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको १६ करोड ४७ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १ करोड ३० लाख ५५ हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदानतर्फ ३६ करोड ३४ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ११ करोड ५९ लाख १२ हजार १ सय ५४ रुपैयाँ, प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ ८१ लाख ६ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त १ करोड ५० लाख, ढुंगागिट्टी बालुवाबाट १ करोड ४० लाख रुपैयाँ, स्थानीय करबाट ५ करोड र नगर विकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त ५ करोड रुपैयाँ रहेको उल्लेख गरेको छ ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले पूर्वाधार विकासमा १२ करोड ७६ लाख २१ हजार रुपैयाँ, आधुनिक बसपार्क निर्माणका लागि ५ करोड १५ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड २४ लाख ७५ हजार, गुणस्तरीय शिक्षा कार्यक्रमका लागि २ करोड ५० लाख, उद्यम तथा रोजगारका लागि १ करोड ६० लाख ७७ हजार, खानेपानीका लागि १ करोड ६५ लाख, कृषि क्याम्पस सञ्चालनका लागि ९० लाख रुपैयाँ, पशु विकास कार्यक्रमका लागि २८ लाख ७८ हजार रुपैयाँ, पर्यटन प्रवद्र्धनमा ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

युवा तथा खेलकूद कार्यक्रमका लागि ३४ लाख रुपैयाँ, गोविन्द अधिकारी छात्रावृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ, स्वास्थ्यका लागि ५७ लाख रुपैयाँ र जनता आवास कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरका १४ वडामा विभाजित नगरपालिकाले सबै वडालाई ७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको कूल बजेटमध्ये ७१ करोड ९२ लाख ९१ हजार १ सय ५४ रुपैयाँ चालू खर्च तथा २३ करोड ३७ लाख ६३ हजार रुपैयाँ पूँजीगत खर्च रहन आउँछ । 

नगरपालिकाले रोजगार प्रवद्र्धन कार्यक्रम, वीरशाली पन्त स्मृति साहित्य पुरस्कार, विकास पत्रकारिता पुरस्कार, गरीबसँग मेयर कार्यक्रम, नेवारी संस्कृति संरक्षण, शव वाहन खरीद तथा बाल विकास सहजकर्तालाई रकम थप र कर समायोजनजस्ता बजेट तथा कार्यक्रम ल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x