'प्रेमगीत ३' मा क्रिष्टिनाको इन्ट्री

असार १५, २०७६

काठमाडौं-प्रदिप खड्का स्टारर फिल्म 'प्रेमगीत ३'मा क्रिष्टिना गुरुङले मुख्य भूमिका निभाउने भएकी छन् ।  

निर्माता सन्तोष सेनले फेसबूकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका हुन् ।  


ADVERTISEMENT

देश तथा विदेशबाट प्रेमगीत ३ को गीत पात्रका लागि आवेदन दिएका थिए । त्यसमध्येबाट निर्माण टीमले २५ जनालाई छानेको थियो । 

फिल्म युनिटले २५ जनाको अडिसन लिएको थियो । क्रिष्टिना अडिसनबाट छानिएकी हुन् । फिल्मको पात्र र कथाअनुसार क्रिष्टिना गुरुङ छानिएकी निर्माता सन्तोष सेनले जानकारी दिए ।  

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा आगामी बन्ने चलचित्रमा अब प्रदिपको अपोजिटमा क्रिष्टिना गुरुङको इन्ट्री भएको छ । 

उनले स्टाटस लेखेका छन्, 'अभिनेत्रीको रूपमा  लामो समयको पर्खाइ पश्चात आज सबै चलचित्रप्रेमीहरूको कौतुहलता मेटिएको छ। सबैले आफ्नो मनमा अड्कल गरेर बनाएको गीतको आकृतिमा एउटा नाम जोडिन पुगेको छ । त्यो नाम हो .... क्रिष्टिना गुरुङ्ग ।'

 

असार १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस