पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
असार १८, २०७६
काठमाडौं– प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति सन्तोषजनक देखिएको छ ।
‘परिपक्व’ सांसदहरूको सभा भनेर चिनिने राष्ट्रिय सभाका बहुसंख्यक सदस्य ७५ प्रतिशतभन्दा बढी बैठकमा उपस्थित भएका छन् ।
२०७४ सालमा चलेको संसद्को पहिलो अधिवेशन तथा २०७५ सालमा चलेका दोस्रो र तेस्रो अधिवेशनको हाजिरी विवरणमा सांसदहरूको उपस्थिति सन्तोषजनक पाइएको हो ।
सीमित सांसद बाहेक अधिकांश सांसद ७५ प्रतिशतभन्दा बढी बैठकमा उपस्थित भएका छन् । २०७४ माघ २४ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनपछि सोही वर्षको फागुन २१ गते संसद्को अधिवेशन शुरू भएको थियो । राष्ट्रिय सभाको पहिलो अधिवेशन २०७४ फागुन २१ गते शुरू भई चैत २० गते समापन भएको थियो ।
दोस्रो अधिवेशन २०७५ वैशाख २३ गते शुरू भई असोज ११ गते समापन भएको थियो । यस्तै तेस्रो अधिवेशन पुस ११ गते शुरू भएर चैत्र १० गते समापन भएको थियो । अहिले संसद्को चौथो अधिवेशन चलिरहेको छ ।
सबै बैठकमा उपस्थित हुने उदया शर्मा, कम उपस्थित हुने बादल !
नेकपा सांसद उदया शर्मा राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथे अधिवेशनमा भने एक दिन छुटेको उनी स्वयं बताउँछिन् । ‘तीनवटा अधिवेशनका सबै बैठकमा उपस्थित भएँ, चौथो अधिवेशन (चालू)मा भने एक दिन अनुपस्थित हुनुपर्यो । एकदिन गयल भएकोमा खल्लो लागिरहेको छ,’ सांसद शर्माले लोकान्तरसँग भनिन्, ‘संसद्मा उपस्थित भएर बैठक नसकिँदासम्म बसिरहन्छु ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उपत्यका बाहिर रहेका कारण तिमल्सिना एउटा बैठकमा उपस्थित भएका थिएनन् । सो दिनमा उपाध्यक्ष शशीकला दाहालले बैठक शुरू र अन्त्य गरेकी थिइन् ।
संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा राष्ट्रिय सभाका सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बैठकमा सबैभन्दा कम उपस्थित भएको देखिन्छ । मन्त्री थापा मात्र ३२ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।
सत्तारूढ दल नेकपाको सचिवालय सदस्य समेत रहेका बादल राष्ट्रिय सभामा रहेका नेताहरूमध्ये सबैभन्दा शीर्ष तहका हुन् ।
गृहमन्त्रीको हैसियतमा संसदीय समितिका बैठक, प्रतिनिधि सभाको बैठक तथा प्रदेशमा भएका सुरक्षा गोष्ठीमा सहभागी हुनुपरेका कारण गृहमन्त्री बाादलको उपस्थिति कम भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन् ।
पढ्नुस यो पनि :
एक दिन हाजिर गरेर महिनाभरीको तलब भत्ता लिन्छन् शीर्ष नेता, केही सांसदको पद नै धरापमा !
२०७४ सालमा सम्पन्न संसद्को पहिलो अधिवेशन अन्तर्गत फागुन महिनामा उनी तीनवटै बैठकमा उपस्थित भएका छन् भने चैत महिनाका ७ दिनमध्ये ३ दिनको बैठकमा मात्र उनी उपस्थित छन् ।
तेस्रो अधिवेशन अन्तर्गत २०७५ चैत महिनामा उनी एक दिन पनि संसद्मा हाजिर भएनन् । चैत महिनामा ४ दिन बैठक बसेको थियो । ११ दिन बैठक बसेको फागुन महिनामा उनी मात्र १ दिन संसद्मा उपस्थित भए । पुस महिनामा १ र माघ महिनामा ३ दिन उपस्थित भएको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
राष्ट्रिय सभाका सदस्य समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा भने ६० वटा बैठकमा उपस्थित भएका छन् । अर्थमन्त्रीको हैसियतमा संसदीय समिति र प्रतिनिधि सभाको बैठकमा समेत उपस्थित हुनु परेका कारण उनको उपस्थिति पातलो भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन् ।
अध्यक्षसरह उपस्थित हुने ४ सांसद
तीनवटा अधिवेशनमा अध्यक्ष गणेश तिमल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उनी सरह नेकपाका सांसद रामनारायण बिडारी, नेकपाकी बिना पोखरेल, नेकपाकै सिंहबहादुर विश्वकर्मा र खिमकुमार विक पनि ८८ बैठकमा उपस्थित भएका छन् । बिडारी राष्ट्रिय सभाको विशेष समयमा बोल्ने सांसदमा अग्रस्थानमा छन् ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल ८० वटा बैठकमा उपस्थित भएकी छिन् । चर्चित गायिका कोमल वली भने ७१ बैठकमा उपस्थित भएकी छिन् ।
नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले २०७४ सालको चैत्रमा १ दिन पनि हाजिर नभई महिनाभरको तलब लिइन् । ७ वटा बैठकमध्ये उनी एक दिन पनि उपस्थित भइनन् । यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी २०७५ असोजको एउटै बैठकमा उपस्थित भएका छैनन् । सोही महिनामा नेपाली कांग्रेसकी विन्दा देवी आले पनि एक दिनपनि उपस्थित भइनन् ।
२०७५ पुस महिनामा नेकपाका हरिराम चौधरी एक दिन पनि उपस्थित भएनन् भने चैत महिनामा समाजवादी फोरमका रामप्रित पासवान एउटै बैठकमा उपस्थित भएनन् । महिनामा एकदिन पनि उपस्थित नभएका सबै सांसदले पनि तलब भने लिएका छन् ।
गाडी र इन्धन सुविधा लिने नेता र सचेतकको उपस्थिति कस्तो ?
संसद् सचिवालयबाट गाडी र इन्धन सुविधा लिइरहेका संसदीय दलका नेता र सचेतकहरूको उपस्थिति पनि औसत छ । सत्तारुढ नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा ७८ दिन उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । सत्तारुढ दलको नेताको हैसियतमा उनले गाडी र मासिक २ सय ३० लिटर इन्धन सुविधा लिइरहेका छन् ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे ७७ बैठकमा उपस्थित भएका छन् । विपक्षी दलको नेताको हैसियतमा उनले सचिवालयबाट गाडी र मासिक २ सय ३० लिटर इन्धन सुविधा लिइरहेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई ७८ बैठकमा उपस्थित भएका छन् भने नेपाली कांग्रेसका सचेतक सरिता प्रसाईं ७१ बैठकमा उपस्थित भएकी छन् । दुवै सचेतकले मासिक २ सय लिटर इन्धन सहित गाडी सुविधा लिइरहेका छन् ।
राष्ट्रिय सभा पहिलो अधिवेशन:
राष्ट्रिय सभाको दोस्रो र तेस्रो अधिवेशन:
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...