×

NMB BANK
NIC ASIA

‘करोडौं क्षतिपूर्ति’ कुम्ल्याउन गृह प्रवक्ताको कीर्ते हस्ताक्षर, अख्तियारलाई पनि छाडेनन्

असार १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृण सुवेदीको हस्ताक्षर कीर्ते गरेको अभियोगमा पक्राउ परेका लक्ष्मी अधिकारी दम्पतीले नेपाल राष्ट्र बैंकको समेत कीर्ते गरेको खुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कीर्ते प्रकरणमा मंगलवार सिंहदरबारको दक्षिणी गेट नजिकबाट बाराको निजगढकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका पति ३८ वर्षीय राजकुमार थापा पक्राउ परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी अनुसन्धानका क्रममा उनले सुवेदीबाहेक अन्य विभिन्न निकायका कागजातमा कीर्ते गर्ने गरेको खुलेको छ । ‘नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न मन्त्रालयहरूको पनि कीर्ते गरेको फेला परेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

लक्ष्मी दम्पतीले कीर्ते गरेका विभिन्न निकायको विस्तृत विवरण संकलन गर्न प्रहरी वृत्त सिंहदरबार खटिएको छ । कीर्तेबारे अनुसन्धान भइरहेको महानगरीय परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले लोकान्तरलाई बताए । 

Vianet communication
Laxmi Bank

‘कुन–कुन निकाय हो । अहिले खुलिसकेको छैन । अरु पनि कीर्ते गरेका कागजहरू भेटिएका छन् । सबै कुरा खुलेपछि हामी पत्रकार सम्मेलन गर्नेछौं,’ उनले भने ।

गृह मन्त्रालयको नक्कली ‘लेटर प्याड’मा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारका कारणले भएको भनी सहसचिवले प्रमाणित गरेको कीर्ते हस्ताक्षर भएको कागजात प्रहरीले बरामद गरेको थियो ।

कागजातमा क्षतिपूर्ति स्वरुप ९५ करोड रुपैयाँ दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको थियो । 

अभियुक्तको साथबाट १३ थान बैंकका चेक, विभिन्न व्यक्तिको राहदानी र ४२ हजार २ सय १० रुपैयाँ नगद समेत बरामद भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x