नेप्सेमा दोहोरो अंकको वृद्धि

असार १८, २०७६

काठमाडौं- मंगलवार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले बढेर एक हजार २६८.६८ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर २७२.९८ बिन्दुमा पुगेको छ । 


ADVERTISEMENT

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधवार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर ५५ करोड दुई लाख ४७ हजार ८१३ रुपैयाँमा खरीदबिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ । 

नेपाल बैंक लिमिटेडको शेयर चार करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड तीन करोड दुई लाख ११ हजार ३८ रुपैयाँमा कारोबार भए ।

असार १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार