कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
इलाम – इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ ।
कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरू बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।
मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका–३ का हरि पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ ।
नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ ।
सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए ।
उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरूको छुर्पीसमेत खरिद गर्ने गरेका छन् । हाल उनी आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन् ।
उनी प्रतिकिलो छुर्पी रु ९५० र घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्छन् ।
देउराली, माईजोगमाई, मंगलबारे, सन्दकपुरमा कुकुरलाई ख्वाइने छुर्पी उत्पादन हुने गरेको छ । यहाँबाट उत्तिकै मात्रामा मानिसका लागि घिउसमेत उत्पादन भइरहेको किसानहरूले बताएका छन् ।
पहिला मानिसले खाने छुर्पी लेकाली भेगमा परम्परागत रुपमा मात्रै उत्पादन गरिन्थ्यो । यसले राम्रो बजार पाउन थालेसँगै यहाँ अहिले व्यावसायिक रुपमै उत्पादन गर्न थालिएको देउमाई नगरपालिकाका विष्णु चौलागाईं बताउँछन् ।
छुर्पीले जापानमा राम्रो बजार लिएको थियो तर, पछिल्लो समय गुणस्तरहीन छुर्पी पठाउँदा अहिले बजार नै बन्द भएको बताइन्छ ।
नेपाली छुर्पी खुवाएपछि कुकुरको भुत्ला झर्ने र खुइलिन हुनथालेपछि छुर्पीको माग घटेको यसमा संलग्न व्यवसायीहरू बताउँछन् ।
मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत नै हो । तर, कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एशियाका धनी देशहरू हुन् ।
धुवाँको बास्ना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी सुकाउन धुवाँको प्रयोग गरिन्छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...