×

NMB BANK
NIC ASIA

वैज्ञानिक आविष्कार

एसईई बिदामा जुम्ल्याहा दाजुभाइले बनाए नेपालीमै सवाल–जवाफ गर्ने ‘मार्स रोबोट'

असार २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हुन् । मार्स भन्नाले मंगल ग्रहमा हिँड्ने रोवर्ट भनेर अर्थ्याइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोबोटले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउँछ । एसईई परीक्षा दिएर बसेको बिदामा उनीहरूले रोबोट निर्माण गरे ।


Advertisment
Nabil box
Kumari

बुटवल योगिकुटीका लबकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोबोट र स्पष्ट बोल्न सक्ने रोबोट बनाएर यस क्षेत्रका सबैलाई आश्चर्य बनाएका छन् ।  रोबोटले नेपाली भाषा बुझेर नेपालीमै जवाफ दिन्छ । 

Vianet communication
Laxmi Bank

बुटवलको नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयबाट एसईई दिएका दाजुभाइले एसईई पछिको समयलाई सदुपयोग गर्दै रोबोट बनाएका हुन् । यसअघि उनीहरूले बनाएको ‘गो–गो’ रोर्बटले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो । 

‘हामीले बनाएको यो रोबोट पहिलेको ‘गो–गो’ रोबोटभन्दा धेरै फरक छ । यसको बनोट मात्र होइन, यसले गर्ने हरेक गतिविधि फरक छ,’ युवा वैज्ञानिकको नामले परिचित लव पन्थी भन्छन्, ‘यसले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउन सक्छ ।’

रोबोटमा ‘पाईथम प्रोग्राइमिङ इन ल्याङवेज’द्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरिएको छ । त्यसबाहेक रोबोटमा हाइभोल्टेज मोटर, हाइस्पिड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ । नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोबोट भन्दै उनीहरूले उद्योग विभागमा प्याटन दर्ता गरेका छन् ।

‘यो प्याटन गरेपछि कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दावा गर्न पाउँदैन्, यदि दावा गर्ने कोही भए उद्योग विभागले हाम्रो रोबोटलाई अवलोकन गर्छ,’ लभले भने ।

नेपाली भाषामा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरू पत्ता लगाउने, शब्द उच्चारण समेत गर्दछ । त्यति मात्र होइन, रोबोट गुड्न पनि सक्दछ । ‘यो रोर्बटमा हामीले पांग्राको मद्दतले हिँड्ने गराएका छौं । तोकिएको समय सेट हुनासाथ उ आफैं हिड्न सक्छ,’ उनले भने, ‘त्यसैले पनि यो रोबोटलाई सपिङ महल, बैंकमा सेक्युरिटीको रुपमा राख्न सकिन्छ ।’ २ कक्षामा पढ्दै गर्दा रोबोट बनाउने सपना देखेका थिए दाजुभाइले । 

२ वर्षको मेहनतमा ‘गो–गो’ रोबोट बनाएका उनीहरूले सबैको सल्लाह सुझाव अनुसार नै रोबोटलाई परिमार्जन गरेको अर्का युवा वैज्ञानिक कुश पन्थीले बताए ।

‘गो–गो’ बनाएपछि हामीमाथि सबैले चासो राख्नुभयो, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत भेटेर हौसला दिनुभयो । त्यही अनुसार हामीले यसलाई परिमार्जित गर्न सक्यौं,’ उनले भने ।

‘गो गो’ रोवर्ट निर्माणपछि बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ समेत सहयोग गरेको थियो । ‘बुटवल उपमहानगरपालिकाले दिएको १ लाख रुपैयाँ र त्यसमा थप हामी आफैंले ४ लाख रुपैयाँ गरी ५ लाख रुपैयाँको लगानीमा यसलाई तयार गरेका हौं,’ उनले भने ।

१६ वर्षीय जुम्ल्याहा दाजुभाइले नेपाललाई रोबोटको देश भनेर चिनाउने गरी रोबोटलाई अझै बढी अपडेट गर्दै लैजाने योजना बनाएका छन् । त्यति मात्र होइन, मुख्य राजमार्गमा गर्मीमा जुस र जाडोयाममा कफी बिक्री गर्ने योजना उनीहरूले बनाएका छन् । त्यसको अनुमतिका लागि स्थानीय तह र प्रदेश सरकारलाई पत्र समेत पठाएका छन् ।

‘सडकमा रोबोटको माध्यमबाट जुस, कफी बिक्री गर्ने योजना हामीले अब बनाएका छौं,’ कुशले भने, ‘यसो गर्न सकियो भने प्रदेश सरकारले सारेको लुम्बिनी भ्रमणको समेत प्रचारप्रसारमा टेवा पुग्ने छ ।’

परिवारबाट कस्तो सहयोग छ भन्ने जिज्ञासामा उनले परिवारकै सहयोगकै कारण रोबोटलाई परिमार्जित गर्दै लगेको उनले बताए । ‘दिमाग हामीले लगायौं, लगानी घरबाटै भयो, हौसला प्राप्त भयो, अनि बल्ल रोबोट सम्भव भयो,’ उनले भने ।

‘गो–गो’ रोवर्ट बनाएपछि उनीहरू कपिवस्तुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट सम्मानित, बुटवलमा भएको क्यान ईन्फोटेक, नवलपरासी लगाएका स्थानमा सम्मान समेत प्राप्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

असार १३, २०७६

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x