दाँत माझ्ने सही तरिका

असार २२, २०७६

दाँत माझ्नु दैनिक जीवनको अभिन्न अंग हो । तर तपाईं सही तरिकाले दाँत माझिरहनुभएको छ त ? तपाईंको अज्ञानताका कारण कतै दाँतहरूले अनावश्यक दुःख त पाइरहेका छैनन् ?


यहाँ हामी तपाईंलाई केही टिप्स दिन्छौं जसलाई अपनाउनुभएपछि तपाईंका दाँत स्वस्थ रहन्छन्


ADVERTISEMENT

जहिलेपनि राम्रो टूथब्रश प्रयोग गर्नुस् । सस्तोको लोभमा आफ्ना मूल्यवान दाँतलाई कष्ट नदिनुस् ।

जहिलेपनि टूथब्रशलाई चोरीऔंला र बुढीऔंलाले समात्नुस् । पूरै हातको भार टूथब्रशमा नपार्नुस् ।

खाना खानेबित्तिकै दाँत माझ्दा दाँतका इनामेल नष्ट हुन्छन् ।

त्यसैगरी दाँत माझ्नेबित्तिकै खाना खानु हुँदैन ।

दाँत माझ्न समय खर्चिनुस् । कम्तीमा दुई मिनेट दाँत माझ्नुस् । दाँतका चार कुनालाई ३० सेकेन्ड दिनुस् ।

दाँत फ्लस गरेको राम्रो तर माउथवाश खासै जरूरी छैन ।

नरम ब्रिसल भएको ब्रश प्रयोग गर्नुस् । कडा ब्रिसलले गिजा र दाँतका इनामेल नष्ट गर्छन् ।

सास गनाउने रोक्नका लागि पनि दिनदिनै दाँत माझ्नुपर्छ ।

दाँत माझ्दा गिजा पनि सफा गर्न नबिर्सनुस् ।

ब्रश सफा भएको सुनिश्चित गर्नुस् । प्रयोग नगर्दा छोपेर राख्नुस् । बाथरूममा नछोड्नुस्, घाममा देखाउनुस् ।

एजेन्सीको सहयोगमा

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस