×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई गगन थापाको कटाक्ष– घुँडामा कत्रो भ्वाङ पर्‍यो देखाइदिनुहुन्छ कि ?

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कटाक्ष गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– 'प्रधानमन्त्रीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौं, सरकारी निर्णयको मान राख्न विषादी तथा फलफूलसहितको तरकारी तथा फलफूल पनि खाइदिउँला । सम्माननीय सभामुख महोदयमार्फत प्रधानमन्त्रीज्यूलाई यति मात्र सोध्न बाँकी छ– तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो, घुँडामा भ्वाङ कत्रो परेको छ, देखाइदिनुहुन्छ कि ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद थापाले पारि (भारत) बाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको टिप्पणी समेत गरे ।


Advertisment
Nabil box
Kumari

'सरकारले आयात हुने कृषिजन्य पदार्थमा विषादी परीक्षणको निर्णय गरी आवश्यक तयारी विना काम शुरू गरेकाले अप्ठ्यारो र झण्झटिलो त हुने नै भयो । तै पनि काम राम्रो भएकाले केही समयका लागि महंगो तरकारी खाएर होस् वा तिउन विनाको भोजन गरेर होस्, सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं । हाम्रो यस्तो साथ पाएपछि लागेको थियो– आफ्नो निर्णयमा सरकार अडिग रहनेछ । विलम्ब नगरी भन्सार बिन्दुमा पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ, मेरो देशमा विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिने छैन । जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने तरकारी तथा फलफूलसँगै वारिबाट पारि जाने अलैंची र चियाको समेत हिसाब किताब हुनेछ भनेर गर्जेर भन्ला भनेको त पारिबाट आएको खोकीको मन्द आवाजले थला पो पर्‍यो हाम्रो सरकार !' गगनले भने ।

Vianet communication
Laxmi Bank

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण शुरू गरेको तीन साता नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x