×

NMB BANK
NIC ASIA

‘आन्दोलन गर्दासम्म लोकप्रिय, तर शासन चलाउन नजान्ने तीतो अनुभव हामीमा देखियो’

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन गर्दासम्म लोकप्रिय रहे पनि सत्तामा पुगेपछि शासन चलाउन नजान्ने रोग नेपालका कम्युनिस्ट पार्टीमा देखिएको बताएका छन् ।

Muktinath Bank

जनतासँग गरिएका वाचा पूरा गर्न सबैखाले अहंकार र व्यक्तिवादी चरित्रभन्दा माथि उठनुपर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतवार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा पुगेको कम्युनिस्ट पार्टीको लोकप्रियताको ग्राफ घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘अहिले हामी फेरि एउटा अग्नि परीक्षामा छौं, जनताको भरोसाविना टोलटोलमा गएर राजनीतिक रूपमा प्रशिक्षित गर्ने, अगुवाई गर्ने र जनताको भरोसा लिन सिपालु कम्युनिस्टहरू शासनमा पुगेपछि साशन चलाउन चाहिँ नजान्ने, विश्वभरी त्यो एउटा तितो नेगेटिभ अनुभव देखिएकै छ, त्यो अक्टोवर समाजवादी क्रान्तिदेखि अहिलेसम्म पनि देखिएको छ,’ प्रचण्डले भने, ‘आन्दोलन गर्ने हदसम्म उनीहरू लोकप्रिय । शासन गर्ने ठाउँमा पुग्दासम्म उनीहरूको त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लिने खतरा जो छ, हामीले त्यसको सामना गर्नुछ ।’

Vianet communication
Laxmi Bank

यो अग्नि परिक्षा पास गरेमा सगरमाथाको देश नेपालबाट संसारलाई नयाँ उज्यालो र शक्तिशाली सन्देश दिन सकिने उनले बताए ।

‘हामीले पनि अरू देशका शासक कम्युनिस्ट जस्तै, शासनमा पुगेका कम्युनिस्टले जस्तै लोकप्रियताको ग्राफ घटाउँदै लग्यौं, सामूहिक स्वार्थलाई भन्दा व्यक्तिगत र गुट स्वार्थलाई साथ दिन थाल्यौँ भने फेरि हाम्रो पनि नियती, नियत बढो सफा हुँदाहुँदै पनि नियतिले बजार्दिने त्यही ठाउँमा हो,’ प्रचण्डले थपे । 

प्रचण्डले नेकपाभित्र बेलाबेलामा देखिएका कन्फ्युजन हटाउनका लागि पहलकदमी लिन पछि नपर्ने उल्लेख गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x