महिन्द्राको मनसुन सर्भिस क्याम्प सम्पन्न

असार २३, २०७६

काठमाडौं- नेपालको लागि महिन्द्रा गाडीहरूको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले हालै '३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प' सम्पन्न गरेको छ ।

यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्क सपहरूमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरिएको थियो । 


ADVERTISEMENT

यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरूको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो जसले गाडी उपभोक्ताहरूलाई पूर्ण रूपमा सुनिश्चिता प्रदान गरेको छ ।क्याम्पमा सम्पूर्ण गाडीहरूको जाँच विशेषज्ञद्वारा गराइएको थियो ।

यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरू रहेका थिए ।

quanto, xylo, logan जस्ता जस्ता गाडीहरूमा विशेष डिस्काउन्ट अफर पनि यस अवधि भर प्रदान गरिएको थियो । आयोजकहरूले मनसूनको मौसम लक्षित गरी आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।

कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । यस मनसुन क्याम्पमा ग्राहकवर्गको उल्लेख्य सहभागिता रहेको थियो । साथै यो क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाएको छ । महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ । 
 
 

असार २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस