×

NMB BANK
NIC ASIA

रुपन्देहीका उद्योगी सामाजिक सुरक्षा कोषको विरोधमा

असार २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- सामाजिक सुरक्षा कोष उद्योगमैत्री नभएको भन्दै यसलाई परिमार्जन गर्न रुपन्देहीका उद्योगी तथा व्यवसायीहरूले सुझाव दिएका छन् ।

Muktinath Bank

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही जिल्ला शाखाले मंगलवार रुपन्देहीमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी व्यावसायिक संघसंस्थाहरूबीच भएको छलफलमा उद्योगीहरूले यस्तो सुझाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कशौधनले सामाजिक सुरक्षा ऐनमा सरकारकै योगदान नदेखिएको गुनासो गरे । ‘केवल उद्योगी व्यवसायीहरूलाई मर्कामा पर्ने ऐन ल्याइएको छ,’ उनले भने । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले ऐनले मजदुरलाई फाइदा मिल्ने भएपनि उद्योगमा मजदुरको स्थायित्व हुने ग्यारेन्टी नदेखिएको बताए । उद्योगीहरूमा देखापर्ने समस्यालाई मध्यनजर गरी सञ्जालको नेतृत्व दिने र एजेण्डाअनुसार समस्या उठान गर्ने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव)ले कामदारको हितको नाममा उद्योग नै धरासायी हुने गरी सामाजिक सुरक्षा कोष ल्याइएको बताए । यसको परिमार्जनको विकल्प नभएको भन्दै उनले केही उद्योगी व्यवसायीहरू चुक्दा अहिले समस्या आइपरेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद उपाध्यक्षले देशको औद्योगिक अवस्था मूल्यांकन नगरी सरकारबाट लाद्ने गरी नयाँ- नयाँ नीतिहरू ल्याइएको गुनासो गरे ।

Vianet communication
Laxmi Bank

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले राजनीतिक परिवर्तनको हरेक मुद्दामा उद्योगी व्यवसायीहरूले योगदान दिएपनि आफूमाथि हरेक पटक समस्या आइपरेको बताए । सरकारले उद्योगी व्यवसायीको हितमा केन्द्रित नभएका नीति ल्याउँदा समस्या आइपरेको बताए ।

रुपन्देही फर्निचर उद्योग संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले भारतीय मजदुरबाट काम लिनुपरेको अवस्थामा ऐन लागू हुन धेरै समस्या रहेको बताए । भारतीय मुलका मजदुर भएका उद्योगमा ऐन लागू गर्न समस्या रहेको भन्दै १० हजार मजदुरको माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका उनले बताए ।

तिलोत्तमा च्याम्बर अफ कर्मश अध्यक्ष जेपी कंडेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, मुद्रण उद्योग संघ खेम प्रसाद लुइँटेलले सरकारबाट आएका नीति सबै वर्गलाई सम्बोधन गर्न सक्ने नभएकाको भन्दै कोष पुनरावलोकन गर्न जरुरी रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका उपाध्यक्ष ध्रुवकुमार धितालले आफूहरू संस्थागत रुपमा शुरूआतबाट सुझाव दिएको बताए । महासंघका सदस्य विष्णु कुमार श्रेष्ठले पहिलो चरणमा सञ्जालमा रहेका ४० वटा संघसंस्थाहरूबाट एकताबद्धता जनाएर प्रेस विज्ञप्ति निकाल्ने काम गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x