×

NMB BANK
NIC ASIA

एकैदिन तीन घुसकाण्ड : अख्तियारले गर्‍यो रंगेहात पक्राउ

असार २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आयोगका अनुसार स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता स्वीकृत गरिदिएबापत रु २० हजार घूस लिएको भन्ने आरोप लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोग प्रवक्ता प्रदीपकुमार यादवका अनुसार आरोपी साहविरुद्ध बिगो असुल गरी कैद सजायको माग गरिएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै आयोगले बारा जिल्ला पचरौता नगरपालिकाका इञ्जिनीयर रामप्रकाश सतरासमेत तीन जनालाई आज घूस लिएको अभियोगमा पक्राउ गरेको छ । स्थानीय एक विद्यालयको कम्पाउण्ड बाल निर्माण सम्पन्न भएपश्चात् भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय हेटौँडाबाट गएको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

Vianet communication
Laxmi Bank

आयोगले इञ्जिनीयर रामप्रकश सतरा, कार्यालय सहयोगी धु्रव महत्तो र बद्रबहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोग लागेको छ । यस्तै आयोगले आजै माडी–लुङ्ग्री करिडोर सिँचाइ आयोजना रोल्पाका कार्यरत इञ्जिनीयर तारा श्रेष्ठ र डिई उग्रनाथ झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले एक योजनाको अन्तिम बिल भुक्तानी गर्दा रु एक लाख घूस माग गरेको आरोप लागेको छ । आयोगले उनीहरुलाई घूस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत सब इञ्जिनीयर नइन्द्र पारुहाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण, स्तरोन्नति र पोखरी निर्माण कार्यको मूल्याङ्कन बिल बनाइदिने प्रयोजनका लागि रु २० हजार घूस लिएको अभियोग लागेको छ ।

आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको मुद्दा मिलाइदिने बहानामा रु ७० हजार घूस माग गरेको अभियोग लागेको छ । आरोपी प्रहरी निरीक्षक साहविरुद्ध कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x