सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता

असार २५, २०७६

नेपालगञ्ज- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्जमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरूलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा यही श्रावण १ गते बाट लागू हुने गरी १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।


ADVERTISEMENT

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय,नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्का र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिका सञ्चालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे । 

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस