×

NMB BANK
NIC ASIA

सरकार-विप्लव भिडन्त

सरकार-विप्लव भिडन्त : मनोवैज्ञानिक त्रास सिर्जना गरेर स्वार्थको खेती !

असार २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बुधवार बिहान भोजपुरमा ‘दोहोरो भिडन्त’का क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भयो ।

Sagarmatha Cement
Muktinath Bank

सादा पोशाकमा गएका प्रहरी टोलीमाथि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताले फायर गरेपछि प्रहरीले जवाफी कारवाही गर्दा २ जनाको मृत्यु भएको प्रहरीको दाबी भएपनि विप्लव नेतृत्वको उच्च स्रोतले लोकान्तरलाई घटना दोहोरो भिडन्त नभएको दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो तर्फबाट कुनै फायरिङ नभएको र प्रहरीलाई लागेको गोली कताबाट चलेको हो त्यसको स्वतन्त्र पुष्टि हुनुपर्ने माग विप्लव नेतृत्वको नेकपाले राखेको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता तीर्थराज घिमिरे भोजपुरमै मारिएका थिए भने सर्लाहीमा कुमार पौडेल प्रहरीको कारवाहीमा परेर मारिए । काठमाडौंमा आफैले बनाएको बम विस्फोटमा परी विप्लव नेतृत्वको नेकपाका ४ कार्यकर्ता मारिएका थिए भने नख्खुस्थित एनसेलको मुख्यालयमा भएको बम विस्फोटमा १ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

Vianet communication
Laxmi Bank
पौडेल मारिएको घटनाको संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको मागलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो सफलताको रूपमा व्याख्या गर्ने गरेको छ । 

नख्खु विस्फोटलगत्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा भएको विस्फोटपछि नेपाल सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विप्लव समूह’लाई कारवाही गरेरै तह लगाउने आशयको अभिव्यक्ति बारम्बार दिने गरेका छन् ।

मंगलवार सर्लाहीमा प्रहरीको कारवाहीमा परेर मारिएका कुमार पौडेल घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका संसदले संसद अवरुद्ध गरे ।

गृहमन्त्रीले दोहोरो फायरिङमा परेर पौडेल मारिएको जवाफ दिएपनि सांसद सन्तुष्ट भएनन् । पौडेल मारिएको घटनाको संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको मागलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो सफलताको रूपमा व्याख्या गर्ने गरेको छ । 

समाज विभाजित गर्ने खेल !

विप्लव नेतृत्वको नेकपाले युद्ध चाहने युद्धपिपासुहरूका कारण यस्ता घटना बारम्बार हुने टिप्पणी गरेको छ । भोजपुर घटनापछि लोकान्तरसँग कुरा गर्दै उच्च स्रोतले भन्यो, ‘अहिले यहाँ युद्ध चाहनेहरूको भयंकर ठूलो योजना चलिरहेको छ, जसरी प्रहरीको ज्यान गएको भन्ने सञ्चारमाध्यममा आएको छ, त्यसको स्वतन्त्र पुष्टि हुनुपर्छ । हाम्रो तर्फबाट गोली चलेको छैन ।’

युद्ध चाहनेहरूले बीचमा चलखेल गरेको हुन सक्ने आशंका नौलो होइन । विप्लव नेतृत्वको नेकपाले अहिले प्रहरी प्रशासनमाथि आक्रमण गरेर आफ्नो जीवन सुरक्षा गर्ने सर्कुलेसन नगरेको स्रोतले बतायो । यद्यपि आफ्नो बन्द सफल बनाउने नाममा राजधानीमा चरणवद्ध बम विस्फोटका घटना भने विप्लव नेतृत्वको नेकपाले गराइरहेको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले दुवै पक्ष संयमित नदेखिएको जिकिर गर्छन् । ठकुरीले बुधवार लोकान्तरसँग कुरा गर्दै यस्ता प्रकारका घटनाले समाजलाई विभाजित गर्ने र सुरक्षा निकायको मनोबल गिराउने बताए । 

‘विप्लव समूहसँग नेपालको सुरक्षा निकायलाई चुनौती दिन सक्ने क्षमता चाहिँ देखिँदैन,’ ठकुरीले भने, ‘यस्ता प्रकारका घटना घटाएर दुवै पक्षले सामाजिक मनोविज्ञानलाई आफ्नो पक्षमा बदल्ने चेष्टा गरेको जस्तो देखिन्छ । राजनीतिक रूपमा समाधान हुनुपर्ने विषयमा फौजी समाधानको बाटो खोज्ने सरकार र शान्तिपूर्ण राजनीतिमार्फत जनताको मन र मत जित्नुपर्ने विप्लव पक्ष दुवै संयमित नभएकोजस्तो देखिन्छ ।’

देशमा अशान्ति फैलियोस् र त्यसबाट आर्थिक लगायत अन्य लाभहरू प्राप्त गर्न सकियोस् भन्ने मानसिकताले यस्ता घटनाक्रममा ‘आगोमा घ्यू थप्ने’ काम भइरहेकोजस्तो देखिन्छ

दुवै पक्षका आफ्ना–आफ्ना दाबी

आफ्नो पक्षबाट कुनै फायरिङ नभएको विप्लव पक्षले दाबी गरेको छ भने प्रहरीका तर्फबाट पहिलो फायर उताबाटै भएको र आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको दाबी गरिएको छ । घटनाको स्वतन्त्र पुष्टि नहुने बेलासम्म आफू घटनाको प्राविधिक पक्षबारे केही नबोल्ने नेपाल मानवअधिकार संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल बताउँछन् । 

‘विप्लव समूहले सरकार लोकप्रिय नभएको यही अवस्थालाई आफ्नो राजनीतिक फाइदाका रूपमा उपयोग गर्न खोजेकोजस्तो देखिन्छ,’ लोकान्तरसँग कुरा गर्दै अर्यालले भने, ‘सरकारका विरुद्धमा एकप्रकारको आवाज उठिरहेको अवस्थामा जनताले स्वाभाविक रूपमा आफ्नो पक्षमा बोलिदिने उनीहरूको बुझाइ हुन सक्छ तर शान्तिपूर्ण राजनीतिमा पनि आउन नखोज्ने र क्रान्तिका अमूर्त कुराहरू गर्ने उनीहरूको रवैया जनताले बुझिसकेका छन् भन्ने मलाई लाग्छ । के प्राप्त गर्न उनीहरू व्यवस्थाको विरुद्धमा लडिरहेका छन् भन्ने नै प्रष्ट छैन ।’

देशलाई पुनः द्वन्द्वमा धकेलेर आफ्नो अभीष्ट पूरा गर्न खोज्नेहरूको पनि कमी नभएको अर्यालले टिप्पणी गरे । ‘दशक लामो द्वन्द्वबाट देश भर्खर शान्तिको चरणमा प्रवेश गरेको छ,’ अर्यालले भने, ‘शान्ति भनेपनि शान्तिप्रक्रियाका कतिपय कामहरू सम्पन्न भएका छैनन् । संक्रमणकालीन न्याय सम्पादन हुन सकेको छैन । यही अवस्थालाई प्रयोग गरेर देशमा अशान्ति फैलियोस् र त्यसबाट आर्थिक लगायत अन्य लाभहरू प्राप्त गर्न सकियोस् भन्ने मानसिकताले यस्ता घटनाक्रममा ‘आगोमा घ्यू थप्ने’ काम भइरहेकोजस्तो देखिन्छ ।’ 

सरकार र विप्लव समूह दुवै पक्ष यस्ता घटनाक्रमका सन्दर्भमा कहीँकतैबाट परिचालित भएको हुनसक्ने अर्यालले आशंका गरे । 

उग्रवामपन्थी र उग्रदक्षिणपन्थीहरू दुवै जनताले संघर्षपूर्ण बलिदानीबाट प्राप्त गरेको लोकतन्त्र विरुद्धमा लागिरहेका छन् ।

सरकारले निराशाको वातावरण सिर्जना गर्‍यो !

जनतामाझ सरकारप्रति बढिरहेको निराशाका कारण यस्ता घटना घटाउन उग्रवामपन्थीको आत्मबल बढेको नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको टिप्पणी छ । १ दशक लामो सशस्त्र द्वन्द्व व्यवस्थापनको काम पूरा नहुँदै यस्ता प्रकारका घटनाक्रमबाट देश गुज्रनु कसैका लागि पनि राम्रो नभएको रिजालले बताए । 

‘यस्ता घटनाहरूले धेरै दुःखका साथ, धेरै बलिदानीबाट प्राप्त भएको राजनीतिक व्यवस्थालाई जोखिममा पार्न सकिन्छ कि भनेर लागेकाहरूमा आत्मबल बढाएको छ,’ बुधवार लोकान्तरसँग कुरा गर्दै रिजालले भने,  ‘उग्रवामपन्थी र उग्रदक्षिणपन्थीहरू दुवै जनताले संघर्षपूर्ण बलिदानीबाट प्राप्त गरेको लोकतन्त्र विरुद्धमा लागिरहेका छन् । दुवै पक्षहरूलाई नेपाली समाजमा पुनःस्थापित गरेर द्वन्द्वको बीजारोपण गर्न सकिन्छ कि भन्ने एउटा पक्षको आशा छ ।’ 

उग्रवामपन्थीले हिजोकै किताब र सिद्धान्त पढेर काम गरिरहेको रिजालले आरोप लगाए । ‘हिजोका उग्रवामपन्थीले पुरानै किताब र सिद्धान्तका आधारमा काम गरिरहेका छन्,’ रिजालले भने, ‘त्यसलाई सरकारप्रतिको आम निराशाले मनोबल बढाउने काम गरिरहेको छ । जबसम्म सरकारले निराशाको वातावरण समाप्त गर्न सक्दैन, जबसम्म यो राजनीतिक परिवर्तन ल्याउन संघर्ष गरेका शक्तिहरूको मनोभावना बुझेर सरकारले काम गर्न सक्दैन, तबसम्म यस्ता घटनाक्रमहरू दोहोरिरहन्छन् ।’ 

सरकारले संसदभित्र रहेका सबै शक्तिहरूसँग सहकार्य गरेर दुवै उग्र बाटोमा लागेकाहरूसँग वार्ताको वातावरण बनाउनुपर्ने आफ्नो आग्रह रहेको रिजालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x