राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै

असार २५, २०७६

काठमाडौं- एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधवार राति स्वेदेश फर्कंदै छ ।

मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङकङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो ।


ADVERTISEMENT

यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको थियो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ । 

श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरू हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । 

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस