कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
धनगढी- कैलाली जिल्लाको २ पर्यटकीय स्थलको गुरूयोजना सार्वजनिक गरिएको छ । विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी तालको प्रवेशद्धार क्षेत्र र धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाम अन्तरगतको बाल उद्यनको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको हो ।
घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गुरूयोजना अनुसार तत्काल निर्माण कार्य अगाडी बढाइने जनाइएको छ । बोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको तालको प्रवेश क्षेत्रमा पानी निकास गेट, पार्क, ताल अवलोकन स्थल, काठे पूल, पानी फोहरा, विश्राम स्थलसहितका संरचना निर्माण गरिने भएको छ । गुरूयोजना अनुुसारको संरचना निर्माणमा २ वर्ष लाग्ने बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले जसको एक करोड ९० लाख लागत अनुुमान गरिएको जनाए ।
घोडाघोडी नगरपालिकाले समग्र ताल तथा सिमसार क्षेत्रको पनि गुरूयोजना निर्माणको कार्य अगाडी बढाएको छ । आउँदो फागुुनभित्र बृहत घोडाघोडी ताल तथा पर्यटन क्षेत्रको गुरूयोजना तयार गरिने जनाइएको छ । तालको संरक्षण, सम्वद्र्धन तथा पर्यापर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा १० वर्षे गुरूयोजना निर्माण प्रक्रिया बढाएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन विकासको लागि गुरूयोजना कोसेढुंगा सावित हुने बताए ।
लामो प्रयासपछि निर्माणको काम सुरु भएको बताउँदै उनले पर्यापर्यटनलाई आधार बनाएर निर्माण हुने गुरूयोजनाले आयआर्जनको वातावरण सिर्जना गर्नेमा पनि आशा व्यक्त गरे । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित बन्ने गुरूयोजनाले यहाँको मुहार फेरिने पनि नगरप्रमुख चौधरीको भनाई थियो ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाले शिवपुरी धाम बाल उद्यानको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो । शिवपुरी धाममालाई पनि पर्यटन गन्तव्य बनाउने भन्दै धनगढी उपमहानगरपालिकाले बाल उद्यानको गुरूयोजना तथा डिपिआर ल्याएको बताएको छ । ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिनादेखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरूयोजना बनाएको थियो ।
सो कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टका अनुसार गुरू योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पूल, चिल्ड्रेन पार्कलगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरू योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए । संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख ३५ हजार बजेट आवश्यक हुने जनाइएको छ । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...