पतिसँग मिलेर पूर्व प्रेमीको हत्या, पतिपत्नी पक्राउ

प्रतिकात्मक तस्वीर
असार २६, २०७६

कैलाली – जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना पूर्व प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीवार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पति लालबहादुर लामासँग मिलेर कल्पनाले पूर्व प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । 


ADVERTISEMENT

असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीवार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका पतिलाई समेत पक्राउ गरेको छ ।

मृतक गुल्मी जिल्ला घर भई कैलालीमा मजदूरीको काम गर्दै आएको बुझिएको जनाइएको छ ।

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस