ऋषभ पन्तलाई बेस्सरी हप्काए कोहलीले !

असार २६, २०७६

काठमाडौं – विश्वकपको सेमीफाइनलमा न्युजील्यान्डविरुद्ध भारतका युवा खेलाडी ऋषभ पन्त नायक बन्ने समभावना थियो । 

ओल्ड ट्राफोर्ड मैदानमा खेलिएको खेलमा न्युजील्यान्डले भारतको २४ रन बन्दा चार विकेट खसाइदिएको थियो । हार्दिक पाण्ड्याले पन्तसँग मिलेर ४७ रन जोडे तर पन्तले गलत शट खेलेर आउट भए । 


ADVERTISEMENT

पन्तका लागि मिशेल स्यान्टनरले बिछाएको जालमा पन्त फसे अनि गलत शट खेलेर पेभिलियन फर्के । पन्त आउट हुँदा कप्तान विराट कोहलीले झर्कोफर्को गरेको देखियो ।

म्याच सकिएपछि कोहलीलाई पन्तका बारेमा प्रश्न गर्दा उनले समय बित्दै जाँदा पन्तले जिम्मेवारी निर्वाह गर्न जान्ने बताए । 

दिनेश कार्तिकपछि ऋषभ पन्त आउट हुँदा कोहलीले कोच रवि शास्त्रीसँग लामो समय कुराकानी गरेको देखियो । उनले रोहित शर्मासँग लामो समय चर्चा गरेको पनि देखियो । उनीहरू बाझाबाझ भएको जस्तो देखिन्छ । पन्त आउट भएपछि टीम कति खतरनाक स्थितिमा पुग्छ भनी उनीहरूले कुरा गरेको खुलेको छ । 

एजेन्सी
 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस