नेप्सेको ओरालो यात्रा कायमै

असार २६, २०७६

काठमाडौं- बुधवार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बिहीवार पनि सामान्य अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अंकले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । 


ADVERTISEMENT

परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर ४६ करोड ३६ हजार ५७१  मा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ । 

यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ । 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस