असार २६, २०७६

काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)को डीएसपी हुँ भन्दै ठगीकार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

धादिङको धुनिबेशी नगरपालिका २ का ३८ बर्षीय राजेन्द्र प्रसाद लुईँटेललाई महानगरीय प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

उनलाई काठमाडौंको नार्गाजुन नगरपालिका ७ स्थित सितापाइलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

चन्द्रागिरी नगरपालिका ३ का विजय तामाङलाई आफू सिआईवीको डीएसपी भएको बताउँदै उनले १० हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

अभियुक्तले आफ्नो सेक्युरीटी कम्पनी रहेको र १ लाख ६० हजारको ५ प्रतिशत सेयर दिने भन्दै १० हजार ठग्न भ्याएको बोगटीले बताए ।

उनको साथबाट प्रहरीले १ थान रेडियो सेट र दश हजार नगद समेत बरामद गरेको बोगटीले जानकारी दिए । 

नक्कली डीएसपी भन्दै ठगीकार्यमा संलग्न लुईँटेल सशस्त्र प्रहरीका भगौडा भएको प्रहरीले जनाएको छ ।


 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार