×

NMB BANK
NIC ASIA

गल्याङ नगरपालिकामा सामूहिक टिमुरखेती

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जा – गल्याङ नगरपालिका–१० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरूवात गरेका छन् ।

Muktinath Bank

बाँदर, मृग लगायतका जंगली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । 


Advertisment
Nabil box
Kumari

भिरालेका ५० घर स्थानीयले देवीभञ्ज्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती शुरू गरेका हुन् । करीब १ हजार २ सय टिमुरको बिरुवा लगाएको टेकबहादुर सिंजालीले बताए । बाँदर, मृग, दुम्सी लगायतका जनावरले अन्नबाली रहन नदिएपछि टिमुरखेती शुरू गरेको सिंजालीले बताए ।

Vianet communication
Laxmi Bank

सामूहिक टिमुरखेतीमा लाग्नुभएकी लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताए । टिमुरखेतीको सम्भावना देखेर आफूहरू यस खेतीमा लागेको उनले बताए ।

अघिल्लो वर्ष वडामा ७०० टिमुरका बिरुवा परीक्षणका रूपमा लगाइएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यावसायिकरूपमा समूह बनाएर शुरू गरेको कृषक लक्ष्मण शाहीले बताए । टिमुरखेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवासमेत उत्पादन गरिएको शाहीले बताए ।

वडाध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले वडालाई जैविक वडाका रूपमा विकास गर्न कृषिका माध्यमबाट अगाडि बढिएको बताए । युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुरखेती, सामूहिक कागतीखेती, कुरिलोखेतीलाई समेत वडाले प्राथमिकता दिएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x