गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

प्रतिकात्मक तस्वीर
असार २७, २०७६

तम्घास – ३ दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि बिहीवार रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।


ADVERTISEMENT

बिहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक बिहीवार रातिदेखि पुनः अवरुद्ध बनेको हो ।

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सो सडक अवरुद्ध बनेपछि सयौं यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न शुक्रवार बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरू गरेको अध्यक्ष ढकालले बताए ।

वर्षाका कारण गुल्मीका १ दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस