अविरल वर्षाले प्रहरीको बिजोग, कार्यालय परिसर भित्र–बाहिर जलमग्न

असार २७, २०७६

जनकपुरधाम – बिहीवार साँझदेखि भइरहेको अविरल वर्षाका कारण रोपाइँको चटारोमा रहेका किसान हर्षित छन् तर वर्षाले प्रहरीको भने बिजोग भएको छ ।

जनकपुरधाम क्षेत्रका अधिकांश भाग जलमग्न भएका छन् । खोला किनारमा मात्रै होइन, बजार क्षेत्र, सरकारी कार्यालय, विमानस्थल, अस्पताल क्षेत्र जलमग्न भएका छन् ।


ADVERTISEMENT

शान्तिसुरक्षा तथा बाढी र डुवान पीडितको उद्धारमा खटिनुपर्ने प्रहरीको कार्यालय नै जलमग्न भएको छ । संघीय प्रहरी इकाई कार्यालय जनकपुरधामको आँगन र बाहिर जताततै जलमग्न भएपछि प्रहरीको बिजोग भएको छ । प्रहरी कार्यालय बाहिर निस्किन कतै खुट्टा टेक्ने ठाउँ छैन ।

असार २७, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस