युवकको शरीरमा पाइयो योनि र गर्भाशय, कहिल्यै पिता बन्न नसक्ने

असार २७, २०७६

काठमाडौं – भारतको मुम्बईस्थित जेजे अस्पताल आएका २९ वर्षीय एक युवकको शरीरबाट चिकित्सकहरूले महिलामा पाइने अंगहरू फेला पारेका छन् ।

नपुंसकताको उपचार गराउन गएका ती युवकको शरीरबाट गर्भाशय, फेलोपियन ट्युब र योनि निकालिएको छ । चिकित्सकहरूका अनुसार, युवकलाई दुर्लभ रोग लागेकोले यसो भएको हो । जम्मा २०० वटा  यस्ता खालका घटना अहिलेसम्म रेकर्ड भएका छन् । 


ADVERTISEMENT

जेजे अस्पतालका चिकित्सकहरूले अघिल्लो महिना युवकको शल्यक्रिया गरेका थिए र उनको स्वास्थ्य सुधार हुँदैछ ।

अस्पतालको युरोलोजी विधागका प्रमुख डाक्टर वेंकट गीतेले युवकलाई पर्सिंस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम लागेको र स्त्रीको अंग आएको बताए । 

उनको अंगको स्क्यान गर्दा अण्डकोष शरीरभित्र नै रहेको पाइयो । यस समस्यालाई शल्यक्रियाबाट मात्र हल गर्न सकिने थियो । चिकित्सकहरूले शल्यक्रिया गर्दा गर्भाशय जस्तो अंग देखे ।

डाक्टर गीतेले भने, ‘एमआरआई गर्दा उनको शरीरमा महिलाको अंग पाइयो । हामीले त्यो सबै झिकेर फालिदियौं ।’

शल्यक्रिया सफल भए पनि युवक कहिल्यै पिता बन्न नसक्ने चिकित्सकले बताएका छन् । उनलाई एजोस्पर्मिया नामक रोग लागेको छ । यस्तो रोग लागेको व्यक्तिको वीर्यमा सन्तानोत्पादक क्षमता हुँदैन ।

एजेन्सी
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस