×

NMB BANK
NIC ASIA

एक व्यक्तिले १८ वटा कुकुर पालेका थिए, तिनै कुकुरले उनलाई खाइदिए

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको टेक्सासमा महिनौंदेखि हराइरहेका एक व्यक्तिलाई हाडखोर समेत बाँकी नराखी उनकै १८ वटा कुकुरले खाइदिएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

५७ वर्षीय फ्रेड्डी म्याकका कुकुरहरूको दिसामा प्राप्त हाडका टुक्राको डीएनए परीक्षण गर्दा त्यो म्याककै हाड भएको पत्ता लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेपुटी शेरिफ आरोन पिट्सले मिश्रित प्रजातिका १८ वटा कुकुरले म्याकको शरीर, कपडा र कपाल समेत खाइदिएको र दुईदेखि पाँच इन्चको हाडको टुक्रा मात्र छोडेको बताए । 


Advertisment
Nabil box
Kumari

‘एउटा पूरै मान्छे नै खाइदिएको हामीले न देखेका थियौं, न सुनेका थियौं,’ पिट्सले बताए, ‘हाड पनि टुक्रा टुक्रा पारेर खाइएको रहेछ ।’

Vianet communication
Laxmi Bank

म्याकलाई गम्भीर रोग लागेको थियो र कुकुरहरूले आफ्नो मालिकलाई मारेर खाए कि उनी रोगले मरेपछि उनको शरीर खाए भन्ने प्रस्ट हुन सकेको छैन । ‘जे भए पनि यो अत्यन्तै हृदयविदारक घटना हो र म्याकको परिवारप्रति हामी सहानुभूति प्रकट गर्छौं,’ शेरिफ याडम किङले एक वक्तव्य जारी गरेर बताए । 

गत मे महिनामा एकलकाँटे म्याक घरैबाट हराएपछि एकजना नातेदारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले धेरै दिनसम्म पनि म्याकको पत्तो पाउन सकेन । 

त्यसपछि उसले म्याकको घरैमा व्यापक खोजी गर्ने निर्णय गर्‍यो । अग्लो घाँसमा प्रहरीले मानव कपाल, कपडा र हाडसहितको कुकुरको दिसा देख्यो । ती कुरालाई प्रहरीले परीक्षण गर्न प्रयोगशाला पठायो । म्याकका नातेदारसँग डीएनए म्याच गरेर उनलाई नै कुकुरले खाएको पत्ता लाग्यो । 

पिट्सका अनुसार, दुईवटा कुकुरलाई अन्य कुकुरले नै मारिदिए, १३ वटा धेर आक्रामक भएकाले प्रहरी मारिदियो अनि बाँकी तीन कुकुर चाहिँ पाल्नका लागि राखिएको छ । 

म्याकले आफ्ना कुकुरहरूलाई माया गर्ने गरेको प्रहरीको भनाइ छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x