×

NMB BANK
NIC ASIA

सडकमा खनिएको खाल्डोमा मान्छे डुब्ने त्रास !

असार २७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीरमा काठमाडौंस्थित सडकमा बनेको खाल्डो र जमेको हिलो
Premier Steels
Marvel

भद्रपुर –झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए ।

Muktinath Bank

नालीको नाममा खाडल खनिएको महिनौं भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालबालिका मात्र होइन, ठूलै मान्छे पनि डुब्ने त्रास बढेको स्थानीय पुण्यप्रसाद न्यौपाने बताउँछन् । ढल निकासको प्रबन्ध नगरिएको र बर्खामा दुर्घटना बढ्ने सम्भावना बढेको भन्दै स्थानीयवासीले सरकारी निकायसँग तत्काल समस्याकोे समाधान खोज्न माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुण्यप्रसाद न्यौपानेको नेतृत्वमा सयौं स्थानीयवासीले मेचीनगर नगरपालिको वडा नं १३ को कार्यालय र डिभिजन सडक कार्यालय विर्तामोडमा मागपत्र पेश गरेका छन् । मागपत्रमा नाली खनिएको खाडलमा केटाकेटी डुब्ने अवस्था सिर्जना भएको विषयमा नगरपालिका र सडक कार्यालयको ध्यानाकर्षण गरिएको छ । स्थानीय टोल संयोजक हर्कबहादुर भट्टराईले नालीको निर्माण गर्दा सडकको सतहलाई ध्यानमा राख्नसमेत माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैबीच, चारआलीका सन्तोष न्यौपानेले आफ्नो घर अगाडिको समथर भाग डोजरले खोतलेर पुल लगाउनुपर्ने गरी खाल्डो खनिएकामा आपत्ति जनाउनुभएको छ । “दिउँसो हामी घरमा थिएनौँ”, सामाजिक एवं राजनीतिक व्यक्तित्व न्यौपानेले घटना सुनाउँदै भने, “बेलुका पुग्दा त घर पस्ने बाटोमा हात्ती डुब्ने जत्रो खाल्डो खनिएको पायौँ ।”

Vianet communication
Laxmi Bank

बिहान सरासर हिँडेर पुग्न सकिने घरमा बेलुकादेखि पुल लगाउनुपरेको न्यौपानेको गुनासो छ । न्यौपाने र उनकै छिमेकीको घर अगाडि मात्र डोजर लगाएर खाल्डो खनिएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x