×

NMB BANK
NIC ASIA

प्रचण्डको सचिवालयले भन्यो– श्यामशरणलाई भेटेको छैन, विषादी प्रकरणमा कुप्रचार गरियो

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतीय पूर्व राजदूत श्यामशरणसँग गोप्य भेटवार्ता भएको भन्ने समाचारको खण्डन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सचिवालय सदस्य समेत रहेकी प्रचण्डपूत्री गंगा दाहालले फेसबूकमा स्टाटस लेख्दै कुनै पनि भारतीय व्यक्ति वा निकायसँग हालसालै कुनै प्रकारको गोप्य भेटवार्ता नभएको जिकिर गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले तरकारीमा विषादी परीक्षण प्रकरणमा प्रचण्डको भूमिकासम्बन्धमा आएका समाचारको पनि खण्डन गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

पूर्वमाओवादी खेमाका मन्त्रीहरूले नेतृत्व गरेका कृषि र उद्योग वाणिज्य मन्त्रालयको नेतृत्व र पहलमा शुरू भएको विषादी परीक्षणको निर्णयबाट सरकार पछि हटेको थियो ।

Vianet communication
Laxmi Bank

तयारी नपुग्दै विषादी परीक्षण शुरू हुनुमा प्रचण्डको भूमिका रहेको आसयका समाचार आएका थिए ।

यद्यपि विषादी परीक्षण नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएपछि भारतबाट आउने तरकारी तथा फलफूलहरू सीमा नाकामा रोकिएका छन् ।

हेर्नुहोस्, गंगा दाहालको स्टाटस :

नेकपा अध्यक्ष तथा पूर्व प्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कूटनीतिक भेटघाटहरू गोप्य र रहस्यमय छैनन्, बरू ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरूसँगको समन्वयमै भैरहेका छन् । हालसालै कुनै भारतीय व्यक्ति वा निकायसँग वहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससँग जोडेर गरिएका प्रचारबाजीहरू असत्य, नियोजित र दुराषययुक्त छन् ।

त्यस्तै तरकारीको विषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनुपर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्यतथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x