त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा यतिको विमान चिप्लियो, उडान अवरुद्ध

फाइल फोटो
असार २७, २०७६

काठमाडौं– अवतरणका क्रममा यति एयरलाइन्सको विमान धावन मार्गमा चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

नेपालगञ्जबाट काठमाडौैं आएको विमान शुक्रवार अवतरणका क्रममा धावन मार्गमा चिप्लिएको त्रिभुवन विमानस्थलमा कार्यरत एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

भण्डारीका अनुसार विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सकुसल छन् ।

बिहीवारदेखिकै वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । देशका कतिपय विमानस्थलहरू जलमग्न बनेका छन् ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस