अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुन १ घण्टा लाग्ने

असार २७, २०७६

काठमाडौं – यति एयरलाइन्सको विमान दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विमानस्थल सुचारु हुन अझै कम्तीमा १ घण्टा समय लाग्ने छ ।


ADVERTISEMENT

‘विमानस्थल सुचारु हुन १ घण्टा जति लाग्छ,’ उनले भने । धावनमार्ग सुचारु गर्नका लागि चिप्लिएको विमानलाई सुरक्षित स्थानमा लैजान करीब १ घण्टा समय लाग्नेछ ।

यसअघि नेपालगञ्जबाट काठमाडौंका लागि आएको यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको थियो । विमानमा ६९ जना सवार रहेकोमा २ जना घाइते भएका छन् ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस