सुर्खेतका डीएफओ ४ लाख घुससहित पक्राउ

असार २७, २०७६

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले लामालाई कार्यालयबाटै शुक्रवार दिउँसो ४ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । 


ADVERTISEMENT

अख्तियार अनुसन्धान कार्यालय सुर्खेतका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए ।

‘हामीले उहाँलाई घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका हुन् ।’ 

असार २७, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस